उदयपुर । उदयपुरमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता– २०८१ सुरु भएको छ । उद्घाटन खेलमा खेलमा फ्युजन फुटबल क्लव बोक्सेले प्रतिद्धन्दी आईडल फुटबल क्लव नेपालटारलाई ५–० गोलान्तरले पराजित गरेको हो ।
आईतबार दिउँसो स्थानीय थरुहट रंगशालामा भएको उद्घाटन खेलमा मध्यान्तरअघि खेल दुव तर्फबाट गोलरहित अवस्थामा टुंगीएको थियो । मध्यान्तरपछिको १९ औं मिनेटमा फ्युजनका जर्सि नम्बर ५ का सुनिल श्रेष्ठले हेडिङमार्फत खाता खोलेका थिए ।
मध्यान्तरपछिको २७ औं मिनेटमा जर्सि नम्बर १५ का अमित मगरले १ गोल थपेर टिमको आग्रता मजबुद बनाएका थिए । ३३ औं मिनेटमा जर्सि नम्बर १० का अविक मगरले तेस्रो गोल प्रहार गरेका थिए भने उनै अविकले ३९ औँ मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । उनको २ गोलसँगै फ्युजनका लागि गोल अंक ४ पुगेको थियो ।
९० मिनेटको खेल समय सकिएपछि थप गरिएको अतिरिक्त अवधिमा अमित मगरले अर्को गोल थपेपछि फ्युजनका लागि गोल संख्या ५ पुगेको थियो । उद्घाटन खेलको म्यान अफ द म्याच अविक मगर घोषित भएका थिए । उद्घाटनकै दिन अर्को खेलमा साथी समूह विजयी भएको छ । बिहान ८ बजे भएको खेलमा साथी समुहले बगाहा फुटबल क्लबलाई २–१ को गोलान्तरले पराजित गरेको थियो ।
बिहानको खेलमा खेलको १९ औं मिनेटमा जर्सि नम्बर ९ का भोजराज बस्नेतले गोल गर्दै बगाहा फुटबल क्लबलाई आग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेट र थपिएको समय अन्तिम मिनेटमा जर्सि नम्बर ९ का अमर थापामगरले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । बिहानको खेलमा साथी समूहका खेलाडी अमर थापा मगर म्यान अफ द म्याच घोषित भए । सोमबारको खेल गाईघाट फुटबल क्लव र चौदण्डीगढी नगरपालिका बेल्टारबीच प्रतिस्पर्धा हुने आयोजक उदयपुर जिल्ला फुटबल संघले जनाएको छ ।