Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

खोटाङ सुन्तलेकी १३ वर्षीया बालिका बलात्कार आरोपमा स्थानीय सन्तोष मगर पक्राउ

  • उपहार न्यूज
  • मंगलबार, माघ १६ २०८०
खोटाङ सुन्तलेकी १३ वर्षीया बालिका बलात्कार आरोपमा स्थानीय सन्तोष मगर पक्राउ

खोटाङ, माघ १६ ।
बालिका बलात्कार गरेको आरोप लागेपछि खोटाङमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय १३ वर्षीया बालिका बलात्कारको आरोपमा जिल्लाको बराहपोखरी गाउँपालिका वडा नम्बर- २ सुन्तलेका सन्तोष मगर पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार यही पुस २९ गते मगरले जवरजस्तीकरणी गरेको भन्दै पीडित परिवारबाट जाहेरी परेको थियो । जिप्रका खोटाङका अनुसार धर्तुङस्थित हुक्नाजोर प्रहरी चौकीबाट खटिएको टोलीले मगरलाई नियन्त्रणमा लिएको हो ।

हाल सोही वडाको स्वास्थ्य चौकी सुन्तेलेमा करार अहेबका रुपमा कार्यरत छन् । प्रहरीका अनुसार सोही स्वास्थ्यचौकीमा मावली हजुरआमालाई लिएर गएकी ति बालिकालाई बिरामीको स्वास्थ्य अवस्था सोध्ने बाहनामा एकान्त कोठामा लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

स्वास्थ्यचौकीबाट फर्किएरलगतै हजुरआमाको मृत्यु भएपछि काजकिरियाको काम माघ ११ गते सकिएलगतै पीडित बालिकाको आफन्त प्रहरी चौकी पुगेर जाहेरी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार