उदयपुर, असोज ११ ।
विशेष अभियान चलाईरहेको नेकपा माओबादीले उदयपुरको त्रियुगा नगरपालिका ९ नम्बर वडाबाट १५ जना कार्यकर्ता भित्राएको छ । त्रियुगा नगर कमिटीका पाटी अध्यक्ष मानवहादुर राईका अनुसार एमाले र कांग्रेस पाटी परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।
जनता सँग माओवादी बिषेश रुपान्तरण अभियानको क्रममा उनिहरु पार्टी प्रवेश गरेको अध्यक्ष राईले जनाए । पार्टी प्रवेश गर्नेहरुमा देवकन सदा, अजय सदा, राज कुमार सदा, तिलक मगर, डोमी सदा, डोमी सदा, लेरन सदा, प्रवेश सदा, किशन सदा, राज कुमार सदा, सुजी सदा, राजदेव सदा, दिनेश सदा, पवित्रा बस्नेत, बिचरण सदा र सोमवहादुर सदा रहेका छन् । उनिहरु सवैलाई पार्टीका केन्द्रीय सदस्य तथा अनुसासन आयोकका अध्यक्ष टंक राईले पार्टीमा स्वागत गरेको छ ।