Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको चिसापानीमा दुर्घटना न्यूनीकरण गर्न सडक सरसफाइ

  • उपहार न्यूज
  • शनिबार, भाद्र १६ २०८०
उदयपुरको चिसापानीमा दुर्घटना न्यूनीकरण गर्न सडक सरसफाइ

शंकर रिखाम मगर-
उदयपुर, भदौ १६ । अव्यवस्थित सडकको कारण हुने दुर्घटना न्यूनीकरण गर्न उदयपुरमा सडक सरसफाई अभियान सञ्चालन गरिएको छ । जिल्लाको पहाडी क्षेत्र रौतामाइ गाउँपालिका वडा नम्वर– ६ चिसापानी क्षेत्रमा सडक दुर्घटना कम गराउन सडक सरसफाइ अभियान चलाएको हो ।

वर्षातको कारण सडकमा विभिन्न स्थानमा पानीले खाल्डो र खोल्सा खोल्सी वनाएपछी दुर्घटना हुने सम्भावना वढ्ने भएकोले वाटो सरसफाइ गरिएको रौतामाइ गाउँपालिका ६ का वडाध्यक्ष पृथ्वीकुमार राइले जानकारी दिए ।

सो सडक सरसफाइ कार्यमा निगाले, हाटिटार, नामान्ता, चिसापानी, वलुङ्खा, वाछछाला, ज्यामिरे, राटमाटे, कर्कुसे र निकासनसहितको ठाउँबाट करिब ५५ जनाको सहभागिता रहेको थियो ।

घर घरमा माओवादी, जनजनमा माओवादीू भन्ने मुल नाराका साथ जनता सँग माओवादी विशेष रुपान्तरण भन्ने अभियानअन्तर्गत पार्टीका स्थानीय नेता कार्यकर्ताको समेत बाक्लो उपस्थिती रहेको थियो । सरसफाइ अभियान रौतामाइ ६ को गोगुने भञ्ज्याङ् देखि रौताको निकाससम्म करिव २ किलोमिटर सम्पन्न गरिएको रौतामाइ गाउँपालिका सचिवालय सदस्य तिलक राइले वताए ।

Last updated:2023 Sep 02 Saturday 13:58:00

प्रतिक्रिया
सम्बन्धित समाचार