अनिता गजमेर –
उदयपुर । नेपालमा बिबादित परियोजना मिलीनियम च्यालेन्ज कर्पोरशन (एमसीसी) कार्यन्वयन घोषणा गरिएकै दिन उदयपुरमा असन्तुष्ट दलहरुले बिरोध जनाएका छन् । नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपासँगै बिभिन्न दलहरुले संयुक्त रुपमा सदरमुकाम गाईघाट बजारमा बिरोध ¥याली आयोजना गरेका हुन् ।
एमसीसी राष्ट्रघाती भएको आरोप लगाउदै ती दलहरु सहभागी बिरोध जुलुसले उदयपुर सदरमकाम गाईघाट बजार परिक्रमा गरेको थियो । बजार परिक्रमापछि कोणसभालाई नेकपाका केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज अमृत सी, क्रान्तिकारी (माओवादी)बाट गौरबहादुर देबकोटालगायतले सम्बोधन गरेका थिए ।
नेकपाका केन्द्रिय प्रतिनिधि समिति सदस्य अमृतले रास्ट्रघाती परियोजना एमसीसी तत्काल खारेज नगरे देशमा ठूलो आन्दोलन हुने र त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने चेतावनी दिए । केही दलहरुको निजी स्वार्थका लागि एमसीसी लादिएको जिकिर गर्दै नेता अमृतले देशमा अग्रगमन चाहने सचेत जनता सडकमा उत्रने उनको दाबी थियो ।