बिज्ञान पराजुली
उदयपुर असार १५
उदयपुरमा २० औं धान तथा रोपाइ महोत्सव भब्यताका साथ मनाईएको छ । “जलवायु अनुकुलित कृषकमैत्रि प्रबिधि ,धान उत्पादनमा वृद्धि “ भन्ने मुल नाराका त्रियुगा नगरपालिका कृषि बिकास शाखाको आयोजना मा उक्त कार्यक्रम सम्पन्न भएको हो । त्रियुगा नगरपालिका वडा नम्बर –८ राजाबासका कृषक अम्बर बहादुर कार्कीको खेतमा आयोजना भएको उक्त कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले , नेपालले कुनै समय अन्य मुलुकमा धान निर्यात गरेर ठूलो आय आर्जन गरेको स्मरण गराउदै ,हाल आफ्नै मुलुक नै अन्य देशबाट अर्बौं रुपैया बराबरको धान आयात गर्न बाध्य हुनु दुःखद भएको बताउनु भयो । उहाले अब कृषि पेशालाई प्रबिधी मैत्री बनाउन कृषकलाई आग्रह गर्नुभयो । रोपाइ तथा धान दिवस महोत्सवका प्रमुख अतिथी एबम त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेतले परम्परागत कृषि भन्दा आधुनिक कृषि प्रबिधिको प्रयोग गरि चक्लाबन्दि गरेर खेती गर्नु पर्ने धारणा राख्नु भयो । साथै उहाँले नगरको तर्फबाट २ वटा ट्रयाकटर एस क्षेत्रका कृषक समुहलाइ हस्तान्तरण गरिसकेकोले ट्रयाक्टर बाट खेतबारीको सानो गर्हामा काम गर्न सजिलो नहुने हुँदा चक्लाबन्दी प्रबिधिबाट गर्दा लागत खर्च कम र उत्पादन वृद्धि हुने हुँदा सोही अनुसार गर्न आग्रह गर्नुभयो । नगरपालिकाका उप प्रमुख महेस्वरी राइले जिल्लामा हेफर कार्यक्रम सन्चालन भइरहेको र सो कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कृषि प्रयोजन लगानी गरिने बताउनु भयो। आज सम्पन भएको सो कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार राउतले कृषकको समस्यालाइ केही हदसम्म भएपनी न्यूनीकरण गर्न कृषि बिमा (बाली बिमा) कार्यक्रम सन्चालन गरिनुपर्ने र सो को लागि स्थानीय सरकार , प्रदेश सरकार केन्द्र सरकार सबैले सहयोग गरिनु पर्ने बताउनु भयो । रोपाइ महोत्सव कृषि ज्ञान केन्द्र उदयपुर ,जनहित कृषि सहकारी सस्था त्रिनपा–८ ओरेक नेपाल राजाबास , मानव अधिकार र वातावरण बिकास सहजीकरण संजाल उदयपुर , हातेमालो प्रगति समाज त्रिनपा –८ बाघचौरी र वल्ड भिजन ईन्टरनेशनेल नेपालको सहयोगमा सम्पन्न भएको थियो ।


