Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

त्रियुगा ५ को वडाध्यक्ष कपमा स्वर्णिमलाई हराउदै फ्युजन फाईनल प्रवेश

  • उपहार न्यूज
  • मंगलबार, चैत्र ७ २०७९
त्रियुगा ५ को वडाध्यक्ष कपमा स्वर्णिमलाई हराउदै फ्युजन फाईनल प्रवेश

किरण ढुंगाना –  देउरी  । उदयपुरमा जारी वडाध्यक्ष कप फुटबल प्रतियोगिताको फाईनलमा बोक्सेस्थित फ्युजन फुटबल क्लव प्रवेश गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर– ५ मा सञ्चालन भईरहेको वडाअध्यक्ष फुटबल कपमको सेमिफाइनल खेलमा स्वर्णिम युवा क्लबलाई हराउदै फ्युजनले फाईनलसम्मको यात्रा सुरक्षित गरेको हो ।

देउरीस्थित बालुवाटारको खेल मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा विजयी फ्युजनले स्वर्णिमलाई २–० को गोलान्तरले पराजित गरेको थियो । खेल सुरु भएको १५औँ मिनेटमै डिएरियामा ‘ह्याण्ड टच’ भएपछी फ्युजनले पेनाल्टी शुट गर्ने मौका पाएको थियो ।

पेनाल्टीको सदुपयोग गर्दै फ्युजनका प्रबिण राईले बिपक्षीको पोष्टभित्र बल छिराउन सफल भएका थिए । पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता पाएको टिमलाई ५८ औँ मिनेटमा फ्युजनका नबल तामाङले दिएको क्रस बललाई हिट गर्दै फ्युजनकै सनम राईले दोश्रो गोल गरेका थिए ।

सेमिफाईनल खेल अबधिभर उत्कृष्ट प्रदर्शन गर्ने फ्युजन फुटबल क्लबका नबल तामाङलाई म्यान अफ द म्याच घोषित गरियो । त्रियुगा नगरपालिका वडा नम्बर ५ को संयोजन र श्रीपुर फुटबल क्लब श्रीपुरको आयोजनामा संचालित फुटबल प्रतियोगितामा जम्मा ८ टिमले भाग छन् । वडाध्यक्ष कपको फाईनल खेल ९ गते बिहीबार सगरमाथा युवा क्लब राजाबास र फ्युजन फुटबल क्लब बोक्से बीच हुने आयोजकले जानकारी दिएको छ ।

Last updated:2023 Mar 21 Tuesday 17:29:43

प्रतिक्रिया
सम्बन्धित समाचार