शंकर रिखाम मगर
उदयपुर फागुन, २१।
रौता स्पोर्टस क्लव रौतामाइ ७ को व्यवस्थापन तथा जिल्ला फुटवल संघ उदयपुरको सम्न्वय र रौतामाइ गाउँपालिका भुट्टारको आयोजनामा प्रथम रौतामाइ फुटवल कपको फाइनल खेल गाइघाट र फत्तेपुरविच ४ को विरुद्ध ५ गोलले गाइघाट विजयी ।
फाइनल फुटवल खेलमा न्यु त्रीयुगा फुटवल क्लव फत्तेपुर सप्तरि र गाइघाट फुटवल क्लव उदयपुर विच भएकोथियो उक्त खेल सुरु भएको ७ औं मिनेट वित्न नपाउदै गाइघाट फुटवल क्लवका जर्सी नम्वर ९ का कृष्ण थापाले मीठो वल प्रहारगरी १ गोल जाली चुमाउन सफल भएकाथिए । खेलको मध्यान्तर पछिको निकै नै घम्सा घम्सिको दोहोरो फुटवल हानाहानमा २६ औं मिनेटमा न्यु त्रीयुगा फुटवल क्लव फत्तेपुरका जर्सी नम्वर १२ का निरज चौधरीले १ गोल हानी खेललाइ वरावरिको अंकमा टुङ्ग्याएकाथिए ।
विजेता तथा उपेविजेता समूहलाई रौतामाइ गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगर र उपाध्यक्ष भुपेन्द्रवहादुर थापा, रौतामाइ शिक्षा शाखा प्रमुख गोविन्द कार्की, रौता स्पोर्ट क्लवका अध्यक्ष हरि आले मगर सहितको विशिष्ट अतिथिहरुले नगदसहित ट्रकि , मेडलले सम्मान गरेकाथिए ।
खेल वरावरिमा परिणत भएपछी खेललाइ ट्राइव्रेकर गराइएकोथियो उक्त ट्राइव्रेकरमा गाईघाट फुटवल क्लवको तर्फवाट दिलकुमार तामाङ, देवराज चौधरी, कृष्ण थापा, लक्ष्मी पञ्जियारले गोल गरे भने न्यु त्रीयुगा फुटवल क्लव फत्तेपुरतर्फबाट गुलाफ माझी, युवराज श्रेष्ठ र समिर श्रेष्ठले गोल गरे। निर्धारित समय भित्र दुवै टिमले आक्रमक र घम्सा घम्सिको खेल खेलेतापनि गोल गर्न सकेका थिएनन ।
उक्त ७ दिन सम्म सन्चालित फुटवल खेलमा म्यान अफ दि म्याच गाइघाटका गोलकिपर निमछिरिङ्ग शेर्पाले नगद १ हजार रुपैयाँ सहित मेडल हात पार्न सफल भएकाथिए भने सर्वोत्कृष्ट गोलकिपर पनि निमछिरिङ्ग शेर्पानै घोषित भइ नगद २ हजार ५ सय रुपैयाँको साथमा मेडल प्रप्त गत्न सफल भएकाछन त्यसैगरी सर्वोत्कृष्ट खेलाडी गाइघाटकै युवराज थापाले नगद ३ हजार रुपैयाँ सहित मेडल, विष्ट मिड फिल्डर गाइघाटकै खेलाडी अमन लामाले नगद २ हजार ५ सय रुपैयाँ सहित मेडल, सर्वाधिक गोल गर्ने गाउघाटकै खेलाडी दिपक खपाङ्गी मगरले नगद २ हजार ५ सय रुपैयाँ सहित मेडल साथै वेष्ट डिफेण्डरमा फत्तेपुर तर्फका खेलाडी मुकेश माझिले नगद २ हजार ५ सय रुपैयाँ र मेडल प्राप्त गेरकाछन भने वेष्ट कोचमा गाइघाटका किरण कार्किले नगद २ हजार ५ सय रुपैयाँ पाउन सफल भएकाछन ।
खेलको समापन समारोहमा रौतामाइ गाउँपालिका शिक्षा शाखा प्रमुख गोविन्द कार्किको सभपतित्व तथा रौतामाइ गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार आले मगरको प्रमुख अतिथी त्यसैगरि विशेष अतिथिहरुमा पालिका उपाध्यक्ष भुपेन्द्रवहादुर थापा, जिल्ला निर्वाचन कार्यलय प्रमुख खेमराज कोइराला, नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्का लगाएत उदयपुर जिल्ला फुटवल संघ अध्यक्ष रन्जन कार्किको उपस्थिती रहेकोथियो ।
उदयपुरको त्रियुगा नगरपालिका(१६ स्थित उदयपुर सिमेण्ट उधोग लिमिटेड खानी महशाका सुकौराको खेलमैदानमा ७ दिन अगाडि देखि भएको प्रतियोगितामा उदयपुर,सिरहा र सप्तरि जिल्ला गरी आठ समुहले सहभागिता जनाएको रौता स्पोर्ट क्लवका सचिव टेकराज रिखाम मगरले जानकारी दिए।
उक्त प्रथम फाइनल खेल खेलाउने क्रममा रेफ्रीहरु कुमार आले मगर९राजु० को साथमा तिलक विक, अम्वरवहादुर राई, विजय राई र रुपेश मगर रहेकाथिए ।