Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

मोरङ र खोटाङ प्रदेश लिगको सुपर सिक्समा (अंक तालिका सहित)

  • उपहार न्यूज
  • शनिबार, असार २१ २०७६
मोरङ र खोटाङ प्रदेश  लिगको सुपर सिक्समा (अंक तालिका सहित)

उपहार न्यूज
गाईघाट असार २१
बेलबारी फुटवल क्लब मोरङ र बाक्सिला फुटवल क्लब खोटाङ प्रदेश नम्बर १ स्तरीय मुख्यमन्त्री कप फुटवल प्रतियोगीताको सुपर सिक्समा प्रवेश गरेको छ । थरुहट रंगशाला गाईघाटमा सम्पन्न समुह चरणको खेलमा जित हासिल गर्दै दुवै समुह सुपर सिक्समा प्रवेश गरेको हो ।
मोरङले खेल अवधिभर तीन जित र एक बराबरी खेल्दै १० अंक जोड्न सफल भएको छ, त्यसैगरी खोटाङले दुई जीत र दुई बराबरी खेल्दै ८ अंकका साथ लिगको दोस्रोे स्थानमा रहन सफल भएको छ । यता उदयपुरले एक जीत दुई हार र एक बराबरीका साथ ४ अंक, ओखलढुंगा खेलकुद विकास समितिले १ जीत २ हार र एक बराबरीका साथ ४ अंक र सोलुखुम्बुले तीन हार र एक बराबरी सहित १ अंक सात लिगको पुच्छरमा रहेको छ ।

लिगको शनिवार सम्पन्न प्रतियोगीतामा ओखलढुंगा खेलकुद विकास समिति र उदयपुरले चार/चार र खोटाङ र सोलुखुम्बले दुई/दुई गोलको बराबरी खेलेको छ ।
प्रतियोगीतामा सोलुखुम्बु र ओखलढुंगा विचको खेल दुई /दुई गोल हुदाँ दुवै समुहले अंक बाड्न बाध्य भए सोलुखुम्बुका लागि खेलको ७ र ३८ औ मिनेटमा राम तामाङले दुई गोल गरेका थिए । बाक्सीला फुटवल क्लब खोटाङको लागि निरज खड्का र दरबिन राईले गोल गरेका थिए । प्रतियोगीतामा बाक्सीला फुटवल क्लब खोटाङका बालकृष्ण केसी म्यान अफ दि म्याच घोषित भए उनलाई प्रदेश सभा सदस्य नारायण बुर्जामगरले नगद पाँच हजार सहित पुरस्कृत गर्नु भएको थियो ।
यता बेल्टार युनाईटेड उदयपुर र ओखलढुंगा खेलुकद विकास समिति विचको खेल चार/चार गोलको बराबरीमा टुंगीएको छ । प्रतियोगीतामा उदयपुरका लागि खेलको २१ औ मिनेटमा रबीलाल पुरी, २८ औ मिनेटमा समीराज राउत, ५० औ मिनेटमा विशाल राई र ७८ औ मिनेटमा टिपसन राईले गोल गरेका थिए । यता ओखलढुंगाको लागि राजु राईले खेको १९ र ६६ औ मिनेटमा गोल गरेका थिए त्यसैगरी २४ औ मिनेटमा रंजित गुरुङ र २७ औ मिनेटमा संजय गुरुङले गोल गरेका थिए । प्रतियोगीतामा बाक्सीला फुटवल क्लबका राजु राई भए उनलाई नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती बसन्तकुमार बस्नेतले नगद पाँच हजार सहित पुरस्कृत गरेका थिए ।

Last updated:2019 Jul 06 Saturday 14:22:11

प्रतिक्रिया
सम्बन्धित समाचार