Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

प्रदेश लिग मोरङको अग्रता कायमै

  • उपहार न्यूज
  • शुक्रबार, असार २० २०७६
प्रदेश लिग मोरङको अग्रता कायमै

उपहार न्यूज
उदयपुर असार २०
उदयपुरमा जारी मुख्यमन्त्री कप १ नं. प्रदेश स्तरीय फुटवल प्रतियोगीतामा वेलवारी फुटवल क्लब मोरङले अग्रता कायमै राखेको छ । शुक्रबार बेल्टार युनाईटड युथ क्लब उदयपुरलाई तीन शुन्य गोल अन्तरले पराजित गर्दै मोरङले अग्रता कायम राखेको हो ।
थरुहट रंगशाला गाईघाटमा आयोजित प्रतियोगीतामा मोरङको लागि खेलको ९ औ मिनेटमा सुसन लामा, खेलको ४८ औ मिनेटमा बिरेन्द्र लिम्बु र ८२ औ मिनेटमा बुद्ध बल तामाङले गोल गरेका थिए । जीत संगै मोरङ १० अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ । प्रतियोगीताको म्यान अफ दि म्याच बेलबारी फुटबल क्लब मोरङका बीरेन्द्र लिम्बु भए उनलाई चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्र राईले नगद पाँच हजार सहित पुरस्कृत गर्नु भएको थियो ।
यता शुक्रबारनै सम्पन्न खेलमा ओखलढुंगा खेलकुद विकास समितिलाई दुई शुन्य गोल अन्तरले पराजित गदै बाक्सिला फुटबल क्लब विजयी भएको छ । बाक्सिलाका जीतमा जन्मजय केसीले ८ औ र सुदिप केसीलै ३८ औ मिनेटमा गोल गरेका थिए । प्रतियोगीताको म्यान अफ दि म्याच बाक्सिला फुटवल क्लब खोटाङा सुदिप केसीलाई जिल्ला समन्वय समिति उदयपुरका उप प्रमुख गंगा राईले पाँच हजार नगद सहित पुरस्कृत गर्नु भएको थियो ।

Last updated:2019 Jul 05 Friday 15:45:40

प्रतिक्रिया
सम्बन्धित समाचार