उदयपुर, असार १९ । उदयपरमा जारी मुख्यमन्त्री कप फुटवल प्रतियोगितामा सोलुखम्बुलाई हराउदै बेलबारी क्लब मोरंगले जित हात पारेको छ । थरुहट उदयपुर रंगशालामा बिहिवार सम्पन्न खेलमा बेलबारी फुटबल क्लब मोरंग र सोलुखम्बु ११ बिच प्रतिस्पर्दा भएको थियो । प्रतियोगितामा सोलुखम्बुलाई सुन्यको बिरुद २ गोल अन्तरले पराजित गर्दै बेलबारी फुटबल क्लब लिगको शिर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताको पहिलो हाफको ९ औँ मिनेटमा बेलबारी फुटबल क्लब मोरंगको तफएबाट सौरभ कार्कीले एक गोल गरि खाता खोल्न सफल भएको थियो भने सोहि टिमको तर्फबाट दोस्रो हाफको ७९ औ मिनेटमा सुशन लामाले एक गोल गरि टिमलाई अग्रता दिलाएको थियो । यता सोलुखम्बुको तर्फबाट भने प्रतियोगिताको निर्धारित समय सम्म पनि कुनै गोल गर्न नसक्दा प्रतियोगितामा हास स्वीकार्न बाध्य भएको थियो ।

प्रतियोगिताको म्यान अफ द म्याच बिजेता टिम बेलबारी क्बल मोरंगको तर्फबाट सौरब कार्कीलाई नगर रु, ५,००० ट्रफि सहित सम्मान कार्यक्रमको प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य बिमल कार्कीबाट पुरस्कार हस्तान्तरण गरिएको थियो ।