उपहार न्यूज
उदयपुर असार १६
मुख्यमन्त्री कप फुटवल प्रतियोगीताको छनौट खेल सोमबारबाट गाईघाट स्थित थरुहट रंगशालामा सुरु भएको छ । प्रतियोगीताको सोमबार सम्पन्न खेलमा सोलुखुम्बुलाई पाँच एक गोल अन्तरले पराजित गर्दै उदयपुर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
सोमबार सम्पन्न पहिलो खेलमा खोटाङ र मोरङले एक एक गोलको बराबरीमा खेल्दा समान अंक बाडेको छ, प्रतियोगीताको सोमबार सम्पन्न पहिलो खेलमा मोरगका लागि शुसन लामाले खेलको ३० औ मिनेटमा गोल गरेका थिए । यता दोस्रो हाफको अन्तिम समयमा खोटाङको लागि सैलेन्द्र बजिमयले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याएका थिए । एक एक को बराबरी खेलेको दुवै जिल्लाले एक एक अंक बाड्न बाध्य भए । प्रतियोगीताको पहिलो खेलको म्यान अफ दि म्याच खोटाङका सैलेन्द्र बजिमय भए ।
यता प्रतियोगीता अन्तर्गत सोमबारको दोस्रो खेलमा उदयपुरले सोलुखुम्बुलाई पाँच एक गोल अन्तरले पराजित गरेको छ । उदयपुरको लागि समिरराज राउतले दुई गोल गरेका थिए, प्रेम तिम्सिना, विशाल राई र लक्ष्मी पंजीयारले एक÷एक गोल गरेका थिए, यता सोलुखुम्बुको लागि एक मात्र सान्तवना गोल राम तामाङले गरेका थिए । प्रतियोगीतामा उदयपुरका समिरराज राउत म्यान अफ दि म्याच घोषित भएका थिए, उनलाई जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले नगद पाँच हजार सहित पुरस्कृत गरेका थिए ।
सोमबारबाट सुरु प्रतियोगीताको उद्घाटन प्रदेश नम्बर १ का कानुन तथा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले गरेका थिए, कार्यक्रमको अध्यक्षता मुख्यमन्त्री कप फुटवल प्रतियोगीता मुल आयोजक समितिका अध्यक्ष तथा एन्फा प्रबक्ता किरण राईले गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य हिमाल कार्की, विमल कार्की, अम्बीका थापा, सुनिता चौधरी, कला घले, जिल्ला समन्वय समिति उदयपुर प्रमुख खड्ग परियार, उप प्रमुख गंगा राई, चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्र राई लगायतको उपस्तिथी रहेको थियो । प्रतियोगीतामा उदयपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र मोरङको सहभागीता रहेको छ । प्रदेश नम्बर को तीन स्थानमा छनौट प्रतियोगीता संचालन गर्ने र फाईनल खेल भने विराटनगरमा हुने छ । प्रतियोगीताको विजयी टोलीले पाँच लाख र उप विजेताले तीन लाख पुरस्कार प्राप्त गर्ने छन् ।