Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

बेल्टार बन्यो उदयपुर जिल्ला लिग बिजेता

  • उपहार न्यूज
  • शनिबार, असार १४ २०७६
बेल्टार बन्यो उदयपुर जिल्ला लिग बिजेता

उपहार न्यूज
गाईघाट असार १४
गाईघाट फुटवल क्लबलाई दुई एक गोल अन्तरले पराजित गर्दै बेल्टार एकता युवा फुटवल क्लबले उदयपुर जिल्ला लिगको उपाधि चुमेको छ । एन्फाको बार्षिक कार्यक्रम अनुसार जिल्ला फुटवल संघ उदयपुरको आयोजनामा सुरु भएको जिल्ला लिग प्रतियोगीताको शनिवार सम्पन्न प्रतियोगीतामा दुई एक गोल अन्तरले पराजित गर्दै बेल्टार लिग विजेता भएको हो ।
बेल्टारको लागि खेलको पहिलो हाफको २९ औ मिनेट र ४४ औ मिनेटमा जर्सी नम्बर ४ का सरद राईले दुई गोल गर्न सफल भएका थिए, यता गाईघाटको लागि ३६ औ मिनेटमा जर्सी नम्बर १० का समिरराज राउतले एक मात्र गोल गर्न सफल भएका थिए ।
प्रतियोगीताको विजयी बेल्टार एकता फुटबल क्लबले नगद २० हजार पुरस्कार प्राप्त गरेकोछ भने गाईघाट फुटवल क्लबले १० हजार पुरस्कार प्राप्त गरेको जिल्ला फुटवल संघ उदयपुरका प्रशिक्षक दिपक थापाले जानकारी दिनु भयो । विजयी जिल्ला लिग विजेता वेल्टार एकता फुटवल क्लबले असार १६ गते देखि सुरु हुने मुख्यमन्त्री प्रदेश लिगमा प्रतिस्पर्धा गर्न पाउने छ । उदयपुर जिल्लाको प्रतिनिधित्व गर्दै बेल्टार एकताले मोरङ, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा संग प्रतिस्पर्धा गर्न पाउने भएको छ ।

Last updated:2019 Jun 29 Saturday 14:32:28

प्रतिक्रिया
सम्बन्धित समाचार