Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा नेकपाको बन्द यस्तो छ अबस्था

  • उपहार न्यूज
  • मंगलबार, असार १० २०७६
उदयपुरमा नेकपाको बन्द यस्तो छ अबस्था

उदयपुर, असार १० गते ।
नेपाल कमन्युष्टि पार्टी (विप्लब) समुहले गरेको बन्दको प्रभाव उदयपुरमा पनि परेको छ, बन्दको कारण मुख्य बजारहरु बन्द रहेका छन् । बन्दका कारण विहानै देखि लामो तथा छोटो दुरीका सवारी साधनहरु संचालनमा आउन सकेको छैन् । बन्दको प्रभाव उदयपुरको सदरमुकाम गाईघाट, कटारी, बेल्टार, रामपुर लगायतका मुख्य शहर बजारहरुमा देख्न सकिन्छ । बन्दका कारण बजार पसल, व्यवसायीक प्रतिष्ठान, वित्तिय संस्था, शैक्षिक संस्था, यातायातका साधनहरु ठप्प छन् । दुई पाङग्रे सवारी साधनहरु फाट्टफुट्ट संचालनमा रहेका छन् । नेकपाको बन्दको दिन आज उदयपुरको मुख्य दुई बजारमा विहानै संकास्पद बस्तु फेला परेको छ । बम रहेको आशंका गरिएको संकास्पद बस्तु सदरमुकाम गाईघाट बजारलाई लक्षित गरी त्रियुगा नगरपालिका १२ आदर्शचौक र कटारी नगरपालिकाको कटारी बजारमा फेला परेको हो । उदयपुरका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार आदर्शचोकमा हरियो झोलामा पोका पारेर करिब सयमिटर तार विछाएको अवस्थामा फेला परेको हो । उक्त ठाउँको बस्तुलाई नेपाली सेनाको १८ नंं बाहिनीको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ । विहानै फेला परेको उक्त बस्तुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा घेरामा राखेको थियो ।
त्यसैगरी कटारी बजारको तिर्थ श्रेष्ठको घरको सटर अगाडी संकास्पद बस्तु फेला परेको हो । सुतली बमको आशंका गरिएको उक्त बस्तु हाल प्रहरीको सुरक्षा घेरामा रहेको छ । रातो टेपले बेरिएको अवस्थाको उक्त बस्तु डिस्पोजका लागि कटारी भन्दा बाहिरबाट सेनाको टोली मगाईएको प्रहरीले जनाएको छ ।
। लामो दुरीबाट विहान जिल्ला भित्रने सवारी साधनलाई प्रहरीले स्कटिङ गरेको छ भने बाहिर गएका छैनन् ।
बन्दको प्रभावसंगै जिल्लाभर नै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । बन्दको हल्लासंगै अघिल्लोदिन देखिनै सुरक्षा व्यवस्था कडा पारिएको एसपी मगरले बताए ।

Last updated:2019 Jun 25 Tuesday 04:22:35

प्रतिक्रिया
सम्बन्धित समाचार