उपाहार न्यूज
उदयपुर जेठ १९
त्रियुगा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष व्यवसायी तथा समाजसेवी रमेश विश्वकर्माले उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ का स्थानिय ३० घर परिवारको लागि खाद्यन्न सामाग्री उपलब्ध गराएका छन् । कोरोना भाईरस पोजेटिभ एका ३० परिवारको लागि कोभिड १९ द्रुत प्रतिकार्य समुह उदयपुरको समन्वयमा मंगलबार उक्त सामाग्री हस्ताणतरन गरेका हुन् । कोरोनो भाईरस पोजिटिभ भई आईसुलेसनमा रहेका संक्रमितहरुको लागि वेलका नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मिश्रीलाल चौधरी, कार्यपालिका सदस्य विचारी सार्कीको रोहबरमा पोषण तथा होम आईसुलेसन किट प्रदान गरिएको विश्वकर्माले बताएका छन् । विश्वकर्माले आफ्नो व्यक्तिगत खर्चबाट त्रियुगा नगरपालिका विभिन्न टोल बस्तीहरुमा खाद्यन्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । विश्वकर्मा नेतृत्वको व्यवसायी समुहले यस अघि उदयपुरका सुरक्षाकर्मी तथा नेपाल पत्रकार महासंघ उदयपुर शाखलाई समेत स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए । विश्वकर्माले अघिल्लो बर्षको लकडाउनको समयमा पनि स्वास्थ्य सामाग्री तथा खाद्यन्न वितरण गरेका थिए ।