Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

लकडाउनको मौका छोपी गाँजा ओसार्ने यादव पक्राउ

  • उपहार न्यूज
  • आइतबार, जेष्ठ १६ २०७८
लकडाउनको मौका छोपी गाँजा ओसार्ने यादव पक्राउ

सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्रबाट १६५ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोसी गाँउपालिका–८ का ४० वर्षीय गणेश यादव रहेका छन् । यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र सीमा प्रहरी चौकी भाण्टावारीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । नियमित गस्तीका क्रममा शनिबार राती २ः४५ बजेको समयमा १६५ केजी गाँजासहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

उनका अनुसार कोसी गाँउपालिका–८ स्थित राजमार्ग दक्षिणपट्टी रहेको पानीटङ्की नजिक प्लाष्टिकले बेरेर शंकास्पद रूपमा राखिएको ६ वटा बोरा राखिएको थियो । प्रहरीलाई शंका लागेपछि खोल्दा गाँजा देखिएकाले थियो । गाँजा भेटिएपछि धनीको खोजी गर्ने क्रममा नजिकै रहेका यादवलाई फेला पारी नियन्त्रणमा लिइएको उनले बताए । एसपी थापाका अनुसार यादवले गाँजा भारत लैजाँदै गरेको स्वीकारसमेत गरिसकेका छन् । यस्तै, पक्राउ परेका यादवमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट आइतबार म्याद थप गरी अनुसन्धान कार्य भइरहेको थापाले बताए ।

Last updated:2021 May 30 Sunday 11:16:58

प्रतिक्रिया
सम्बन्धित समाचार