सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोनाबाट प्रभावित बनेका विपन्न परिवारलाई वितरण गरेको राहतको पोकामा नेकपा एमालेको चिठ्ठी भेटिएको छ । मङ्गबार उपमहानगरले इटहरी–३ सुनौलो बस्तीमा वितरण गरेको राहत सामग्रीमा नेकपा एमाले नगर अध्यक्ष यामकुमार सुब्बाले हस्ताक्षर गरेको चिठ्ठी भेटिएको हो । राहतको पोकामा नगरअध्यक्ष सुब्बाले हस्ताक्षर गरेको चिठ्ठी भेटिएपछि राहत वितरण कार्यक्रम नै विवादित बन्न पुगेको थियो । त्यसपछि पत्र निकालेरमात्रै राहत वितरण गरिएको थियो ।