उपाहार न्यूज
उदयपुर जेठ ९
राष्ट्रपतीबाट भएको संसद विघटनको असंवैधानिक कदम विरुद्ध नेपाल विद्यार्थी संघ उदयपुरले सोमबार साझ सदरमुकाम गाईघाटमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती बसन्तकुमार बस्नेतको घरबाट निकालिएको राके जुलुस बैंक लाईन (विपि चोक) टेम्पो चोक हुदै मुख्य चोकमा पुगेर समापन भएको थियो ।
नेपाल विद्यार्थी संघ उदयपुर काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष नविन कटुवाल, स्ववियु सभापती रोशन कार्की, नेविसंघ नेता शुसिल राई को नेतृत्वमा निस्कीएको राके जुलुस सहित विद्यार्थीहरुले विभिन्न नारा सहित असंवैधानिक कदमको बिरोध जनाएका हुन् । विरोध प्रदर्शनमा नेविसंघका विद्यार्थी नेताहरु पारस कोइराला, रोशन पोख्रेल, चेतन पोख्रेल लगायत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
भिडियो हेर्न तलको लिंकमा जानुहोस
https://fb.watch/5Hu6Lm1pME/