काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबै नागरिकलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए । प्रधानमन्त्री ओलीका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार