उपाहार न्यूज
उदयपुर चैत २
त्रियुगा नगर खेलकुद महोत्सव अन्तर्गत प्रथम लालसेर राई स्मृति मेयर कप फुटवलको उपाधि त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेले हात पारेको छ । आज सम्पन्न फाईन खेलमा त्रियुगा नगरपालिका वडा नम्बर ८ लाई एक शुन्य गोल अन्तरले पराजित गर्दै वडा नम्बर १० बिजयी भएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सकिन एक मिनेट बाकी रहदा त्रियुगा नगरपालिका वडा नम्बर १० का जर्सी नम्बर १०का खेलाडि समिरराज राउतले गोल गर्दै त्रिनपा १० लाई उपाधि चुम्न सफल भएको हो । प्रतियोगीतामा बिजयी त्रिनपा १० ले ५० हजार र दोस्रो हुने त्रिनपा ८ ले नगद ३० हजार सहित ट्रफि हात पारेको छ ।