उपाहार न्यूज
उदयपुर माघ २४
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस निकट पेशाकर्मीहरुले उदयपुरमा विरोध प्रदर्शन गरेका छन् शनिवार गाईघाट बजारमा मौन जुलुस सहित पेशाकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।
संसद विघटन पश्चात विरोध प्रदर्शनमा उत्रिएको कांग्रेसले पूर्व निर्धारित कार्यक्रम अनुसार विरोध प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ५ वर्षसम्मको जनताको म्याण्डेटलाई ३ वर्षमै अन्त्य गरेको भन्दै यसलाई पुनस्र्थापना गर्न मागसहित कांग्रेस निरन्तर सडक संघर्ष गर्दै आएको छ ।
देशव्यापी रुपमा रहेको विरोध प्रदर्शनमा उदयपुरमा पनि कांग्रेस आबद्ध दर्जन बढि पेशागत शुभेच्छुक संगठनका प्रतिनिधिहरुको सहभागीतामा मौन विरोध गरिएको हो । पार्टी कार्यलय गाईघाटबाट सुरु भएको मौन जुलुस मुख्य चोक, विपि चोक, टेम्पोचोक, डिएमगेट, पेट्रोलपम्प, हिमाली टोल हुदै पिपल चौकमा आएर सभा विसर्जन भएको थियो । विरोध प्रदर्शन पश्चात आयोजित कोण सभालाई प्रतिनिधि सभा सदस्य प्रमिला राई, नेपाली कांग्रेस उदयपुरका पार्टी सभापती विदुर बस्नेत, कांग्रेस केन्द्रिय सदस्य लक्ष्मी परियारले सभालाई संवोधन गरेका थिए ।