Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कर संकलनमा उच्च बृद्धि, ४३ प्रतिशत बढि संकलन

  • उपहार न्युज
  • सोमबार, मंसिर २९ २०७७
कर संकलनमा उच्च बृद्धि, ४३ प्रतिशत बढि संकलन

उपाहार न्यूज
उदयपुर मंसीर २९
उदयपुरमा दुई आर्थिक बर्षमा ४३ प्रतिशतले कर संकलनमा बृद्धि हासिल गरेको तथ्यांक सार्वजनिक भएको छ । करदाता सेवा कार्यालय उदयपुरले आर्थिक वर्ष २०७५।०७६ र २०७६।०७७ मा औषत करमा बृद्धी भएको जनाएको छ । कार्यालयले दुइ आर्थीक बर्षमा ४३ प्रतिशतले कर बृद्धि भई करिव ६४ करोड राजश्व संकलन भएको करदाता सेवा कार्यालय उदयपुरका प्रमुख सुमन बुढाथोकीले जानकारी दिनुभयो ।
यस विचमा कार्यालयले संचालन गरेको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम मार्फत करदाताहरुको बुझाईमा क्रमस परिवर्तन हुंदैगईरहेको कार्यालयले जनाएको छ । कर राजश्व प्रति आम नागरिकहरुको बुझाइले करको दायरामा आउन उल्लेख्य सहयोग पुगेको प्रमुख बुढाथोकीको भनाइ छ ।
उदयपुरमा पछिल्लो दुई आर्थिक वर्षको विचमा १२ हजार ७ सय ६४ करदाता करको दयरामा आई जम्मा २७ हजार ३ सय ७५ करदाता कार्यलयमा दर्ता भएका छन ।
करको दायरामा भएको बढोत्तरी संगै कर संकलनमा उल्लेख्य मात्रामा बृद्धि भएको जनाइएको छ । पछिल्लो दुई आर्थिक वर्षको अन्तरालमा शत प्रतिशतले भन्दा पनि बढि राजश्व संकलन हुन सफल भएको छ ।
यसै बिच करदाता कार्यालय उदयपुरका प्रमुख सुमन बुढाथोकीको आन्तरिक राजश्व कार्यालय हेटौंडामा सरुवा भएको छ ।
करदाता कार्यालय उदयपुरमा रहदाको समयमा संचारकोे क्षेत्रमा सहयोग गर्ने संचारकर्मीलाइ करदाता शिक्षाको प्रचार प्रशार मार्फत नागरिकलाई करको दायरामा ल्याई राजश्व संकलनमा योगदान पुर्याउने संचार क्षेत्रमा कार्यरत पत्रकारलाइ धन्यबाद दिनुहुदै आगामि दिनमा समेत राजश्व संकलनमा नागरिको योगदान अभिबृद्धिमा सहयोग र सहकार्यहुनेमा अपेक्षा समेत राख्नुभएको छ ।
कार्यालयबाट हाल प्रवाह गरिने सेवालाई अझ प्रभावकारी पारदर्शि र करदाता मैत्री बनाउन २०७७ श्रावण बाट सेवाग्रहि सन्तुष्टि फारम भर्न लगाई प्राप्त सुझावको क्रमस कार्यान्यन गर्दै लगिएको पनी प्रमुख बुढाथोकीले बताउनुभयो ।
यस्तै सेवा प्रवाहलाई छिटो छरितो एवं झन्झट मुत्त बनाउन single window service अन्तर्गत एउटै काउन्टरबाट सबै सेवाप्रवाहको सुरुवात गरिएको छ ।
आर्थिक ऐन २०७७ ले ल्याएका छुट सुविधाको बारेमा छुट्टै पुस्तिका पम्पलेट प्रचार सामग्रि तयार गरी व्यापक प्रचार प्रसार गरीनुको साथै करको दायरामा आएका नयाँ दर्ताको Biometric प्रणालिमा आबद्ध गराउने साथै विगतमा मू.अ.करमा दर्ता भएका करदाताकोBiometric अद्यावधिक गराउने कार्यको सुरुवात गरिएको बताइएको छ ।
हालसम्म ९९५ करदाता Biometric प्रणालिमा आबद्ध भएको पनी कार्यालयले जनाएको छ ।

Last updated:2020 Dec 14 Monday 10:32:07

प्रतिक्रिया
सम्बन्धित समाचार