Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उपभोक्ता समितिका पदाधिकारिहरुलाइ दुई दिने तालिम सम्पन्न

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ १७ २०७६
उपभोक्ता समितिका पदाधिकारिहरुलाइ दुई दिने तालिम सम्पन्न

शंकर रिखाम मगर

मुर्कुची, जेठ १६ ।  रौतामाइ गाउँ पालिकाको आयोजना तथा स्विस सरकारको सहयोगमा रहेको सिचाइ जल उपभोक्ता समितिको प्रतिनिधिहरुलाइ रौता समुदाय हित केन्द्र मुर्कुचिको सभाहलमा दुई दिने तालिम सम्पन्न गरेकोछ । उक्त तालिम रौतामाइ गाउँ पालिका वड नम्वर ७ का वडा सदस्य फुलकुमारी मगरको प्रमुख अतिथिमा सन्चान भएको थियो । निर्माण कार्य गर्दा सम्पुर्ण उपभोक्ताहरुले डिजाइन र स्टमिट अनुसार जिम्मेवारी लिएर काम निर्माण कार्य सम्पन्न गर्नुपर्ने उपभोक्ता समितिलाइ प्रमुख अतिथी मगरले वताइन । सिचाइ जल उपभोक्ता समितिको संस्थागत विकास तथा गुणस्तर नियन्त्रणको लागि तालिम सन्चालन गरिएकोथियो । उक्त तालिम सिचाइ सुविधावाट कृषि उत्पादन वढाउदै विपन्न तथा वन्चितिकरणमा पारिएका समुदायलाइ गरिबी न्युनिकरणमा सुधार गर्दै लैजाने साना सिचाइ परियोजनाका शुरेश चौधरिले वताए । उक्त तालिममा रौतामाइ गाउँ पालिका वडा नम्वर २ का चिसापानी पावु धनसेर कुलो, खारी कुलो सिचाइ, वडा नम्वर ८ का सनमान बडहरे चम्लायो कुलो, वडा नम्वर ७ का तिलवारी रखालटार कुलो सिचाइ पुवारे र दोवाने कुलो सिचाइ गरि पाँचवटा समुहका प्रतिनिधिहरुको सहभागिता रहेकोथियो । सहभागिहरुमा ५ जना महिला रहेकोथियो भने १५ जना पुरुषको सहभागिता रहेकोथियो । कुलो निर्माण गर्दा वालुवा, गिटि, ढुङ्गा तथा इन्टेकको वारेमा जानकारी दिदै कस्तो किसिमको सिमेन्टको प्रयोग गर्ने वारेमा प्राविधिक चित्र मगर र सुवाश चौधरिले जानकारी दिएकाथिए । सिमेन्टको क्वालिटी र ओपिसी सेमेन्ट केहो ? पिपिसि सिमेन्ट केहो ? त्यसको वारेमा पनि प्राविधिक चित्र मगरले सहभागिहरुलाइ वुझाएकाथिए । तालिम प्राप्त गरेपछी कुलो निर्माण गर्ने तरिका तथा आवास्यक सामाग्रीहरु संकलन तथा तालिमको महत्वको वारेमा जानकारी पाएको तिलवारी रखालटार सिचाइका उपभोक्ता हरि मगरले वताए । उक्त कुलोहरुको निर्माण कार्यमा साना सिचाइ परियोजना गाइघाटको प्राविधिक सहयोग रहेकोछ । तालिम पछि निर्माण गरिने कुलोवाट ३५ हेक्टर जमिनमा सिचाइ हुनेछ भने १ सय साठ्ठि घरधुरिका ४ सय ५७ महिला र २ सय ४३ पुरुष गरि ७ सय जनसंख्याले प्रत्यक्ष रुपमा सेवा लिने भएको सासिपका शुरेश चौधरिले वताए । विहिवार देखि सन्चालनमा रहेको उक्त दुइदिने तालिम शुक्रवार सम्पन्न भएकोछ ।

Last updated:2019 May 31 Friday 17:17:27

प्रतिक्रिया
सम्बन्धित समाचार