उपाहार न्यूज
खोटाङ असोज ८
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी ३४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्थानिय तहको निर्वाचन २०७४ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रहेको फुर्वा तामाङको नेतृत्वमा ३४ जना पार्टी प्रवेश गरेका हुन् । तामाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रको अध्यक्ष पदको उम्मेदवार भएर १९५ मत प्राप्त गरेका थिए ।
दिप्रुङ चुईचुम्मा गाँउपालिकाको वडा नम्बर २ डाडागाउँ साविक वडा नम्बर २ बोफ्लुका ३४ जना आज नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा बुद्धिमान तामाङ, दिनेश तामाङ, दोर्जिङ तामाङ, सुनिल तामाङ, मनोज तामाङ, विश्वास तामाङ, गजेन्द्र तामाङ, ओमसीं तामाङ, दिपेन्द्र राई, सुरेन्द्र राई, निशान थापा, थापा, गौरव राई, मिलन तामाङ, धनकुमार राई, महेश तामाङ, ज्ञानेन्द्र कुमार थापा, सुनिता राई, सन्जु राई (लिम्बु) धनकुमारी राई, हिराधन राई, विन्द्र बहादुर भुजेल, भिम कुमार तामाङ, दिल कुमारी राई (तामाङ) सान्ताक कला तामाङ, सोङडोल्मा तामाङ, फूर्वाछिरिङ तामाङ, सुवास खड्का, सम्राट खड्का, रामकुमारी राई, परिमान तामाङ, आङडोल्मा तामाङ, सुमन सुनाम, कौशल लामा रहेका छन् । नव प्रवेशीहरुलाई नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई, तरण दल जिल्ला सचिव कबिन राई, पूर्व जिल्ला सदस्य बदैी कटुवाल, वडा नम्बर १ का सभापती सुक्र राई, वडा नम्बर २ का सभापती भिम बहादुर राउतकोको उपस्तिथीमा नव प्रवेशीलाई स्वागत गरिएको वडा नम्बर ५ का सदस्य तथा नेपाली कांग्रेसका युवा नेता अम्रित गिरिले जानकारी दिनु भयो ।