सप्तरी,जेठ १४ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिएका छन्। नेपाल–भारत कोसी–सम्झौता १९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले बिनासूचना पानी छाडेको स्थानीय बताउँछन् ।
कोसीको प्राकृतिक बहाव भारत विहार लोकहा पुनर्वासस्थित स्पर नम्बर २०–५० मा पुगेका बेला परियोजनाका भारतीय अधिकारीले नेपाली पक्षलाई जानकारी नदिई पाइलट च्यानल खनेर पानी छाडेका हुन् । एकतर्फी रूपमा बनाएको पाइलट च्यानलमा बिनाजानकारी पानी छाडिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका ९० परिवार बस्तीमै थुनिएका छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर रहेकाे छ ।