Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

सरकारको समर्थन गर्दै उदयपुरमा पनि युवाहरुद्धारा ¥याली

  • उपहार न्यूज
  • बुधबार, असार २४ २०७७
सरकारको समर्थन गर्दै उदयपुरमा पनि युवाहरुद्धारा ¥याली

उपहारन्यूज- उदयपुर, असार २४ ।
भारतको इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको भन्दै सरकार समर्थक युवाहरुले उदयपुरमा बृहत प्रदर्शन गरेका छन् । ‘भारतीय दलाल मुर्दाबाद’ लेखिएको प्लेकार्डसहित सडकमा उत्रिएका युवाहरुले राष्ट्रियता संकटमा परेको समय आन्तरिक राजनीतिको खिच्चातानीप्रति चर्को बिरोध गरेका थिए ।

सयौंको संख्यामा रहेका युवाहरुले सदरमुकाम गाईघाट बजारको बिभिन्न चोक परिक्रमापछिको कोणसभा सम्बोधन गर्दै पूर्व एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका नेता शुरुेन्द्र बस्नेतले राष्ट्रियताप्रति प्रतिबद्ध नेतृत्वलाई जिम्मेवारीबाट हटाउन बिदेसी तत्वहरुसँग साठगाठ भईरहेको आरोप लगाए । पूर्व युवासंघका जिल्ला स्थानीय नेता दिनेश खड्का, मजदुर नेता कृष्ण केसीलगायतले सम्बोधन गरेको अनेरास्ववियु उदयपुरका नेता भुवन दाहालले जानकारी दिए ।

केही दिनअघि प्रम ओलीले आफ्नो सरकार गिराउन भारत लागीपरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसलगतै देशव्यापी उनका समर्थक युवाहरुले ¥याली गर्दै आएका छन् । उदयपुरको ¥यालीमा सुनिएको एउटा नारा निकै रोचक थियो । ‘ओली फाल्न पाईदैन, भारतीय दलाल होसियार’ तर, आफ्नै अध्यक्ष सहकर्मीले भारतको बचाउ गर्दै ‘भारतले हैन मैले प्रमको राजीनामा मागेको हुँ’ भनेका थिए ।

Last updated:2020 Jul 08 Wednesday 17:31:11

प्रतिक्रिया
सम्बन्धित समाचार