Upahar News शुक्रबार, कार्तिक २१ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा २५० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थसहित एक युवक पक्राउ

  • उपहार न्यूज
  • बिहिबार, कार्तिक २० २०८३
उदयपुरमा २५० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थसहित एक युवक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ भोर्लेनीबाट ब्राउन सुगरजस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ घर भई हाल चौदण्डीगढी नगरपालिका–३ भोर्लेनीस्थित राजकुमार मगरको घरमा डेरा गरी बस्ने २७ वर्षीय सुशान्त राउत रहेका छन्।

प्रहरीका अनुसार राउतले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुरबाट खटिएको प्रहरी टोलीले उनको डेरामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा कोठाको टेबलमा प्लास्टिकमा पोका पारेर राखिएको अवस्थामा प्लास्टिकबाहेक तौल गर्दा २५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

उक्त पदार्थसहित राउतलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Last updated:2026 Nov 05 Thursday 09:28:47

प्रतिक्रिया
सम्बन्धित समाचार