उपहार न्यूज
उदयपुर कात्तिक १८
त्रियुगा गोल्डकपको पहिलो सेमिफाईनल खेलमा सहलेस क्लब सिराहालाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै सातदोबाटो युथ क्लब प्रथम अन्तराष्ट्रिय आमन्त्रण त्रियुगा गोल्ड कपको फाईनलमा प्रवेश गरेको छ । बुधबार गाईघाटमा सम्पन्न पहिलो सेमिफाईनल खेलमा सातदोबाटोको लागि जर्सी नम्बर २३ का प्रताप राईै र जर्सी नम्बर १२ का रोहन कार्कीले गोल गर्न सफल भएका थिए । प्रतियोगीताको म्यान अफ दि म्याच सातदोबाटोका जर्सी नम्बर २३ का प्रताप राई भए । जित संगै फाईनल प्रवेश गरेको सातदोबाटोले अब जर्जियन फुटबल क्लब भारत र न्यू स्टार फुटबल क्लब सुुनसरी विच बिहिबार हुने खेलको विजयी हुने टिम संग प्रतिस्पर्धा गर्नेछ । ण्शनिवार हुने फाईनल खेलमा विजेताले ५ लाख र उपबिजेताले ३ लाख पुरस्कार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष रन्जन कार्कीले बताउनु भयो ।