Upahar News शुक्रबार, कार्तिक २१ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

पोषणमैत्री स्थानीय शासन सम्बन्धि समिक्षा बैठक सम्पन्न

  • उपहार न्यूज
  • मंगलबार, कार्तिक १८ २०८३
पोषणमैत्री स्थानीय शासन सम्बन्धि समिक्षा बैठक सम्पन्न

पोषणमैत्री वडा घोषणा गर्नको लागि वावास्यक तयारीको लागि ताप्ली गाउपालिका वडा नम्बर ५ को वडा स्तरीय पोषण तथा खाध सुरक्षा सहजीकरण समितिको प्रगति समिक्षा बैठक आज ताप्ली-५ वडा कार्यालयमा सम्पन्न भयो l वडाध्यक्ष यबम पोषण तथा खाद्य सुरक्षा सहजीकरण समिति अध्यक्ष श्री बिष्णु कुमार श्रेष्ठ को अध्यक्षतामा बसेको उक्त बैठकको प्रमुख अतिथिमा ताप्ली गाउपालिका अध्यक्ष श्री ढुंग राज बिस्वकर्मा ज्युको समेत उपस्थिती रहेको थियो l पोषण मैत्री स्थानीय शासनयुक्त वडा घोषणाको लागि आवस्यक ४९ वटा सुचकहरु मध्य १६ वटा सूचक पुरा भै पोषण मैत्री स्वास्थ्य सस्था घोषणा गरि सकेकोले आगामी मङ्सिर भित्रमा वडालाई पोषणमैत्री वडा घोषणा गर्नको लागि आवश्यक तयारी गर्ने गरि आयोजना गरिएको उक्त बैठकमा सम्बन्धिक बिषयगत शाखाहरु कृषि, पशु, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, टोल विकास सस्था, बिद्यालय, बाल क्लब संजाल, प्रहरीचौकी र अब्य सरोकारवाला सस्थाहरुको प्रतिनिधिहरु गरि ४८ जनाको उपस्थिति रहेको थियो l वर्ल्ड भिजन इन्टरनेश्नल नेपालको साझेदार सस्थाहरु हुरेंडेक उदयपुर र जिड्स उदयपुरको सहयोगमा आयोजना गरेको समिक्षा बैठकमा पुरा हुन् बाकी सुचक, मापदण्ड र पोषण प्रोफायल तयारीको लागि सबै पक्ष बाट सक्रिय र उल्लेखनीय भूमिका निर्बाह गर्नुपर्ने कुरामा ताप्ली गाउपालिका अध्यक्ष ढुंग राज बिस्वकर्मा ज्यु ले सबै लाई आह्वान गर्नुभयो l साथै गाउपालिकाको तर्फबाट गर्नुपर्ने कुनैपनि साथ् सहयोग र भूमिकामा आफुले सकेसम्म सहयोग गर्ने प्रतिबदता समेत उहाले जनाउनुभयो l यसैगरी पुरा गर्न बाको काम हरुको योजना तथा कार्यविभाजनको क्रममा सबै टोल बिकास, बिद्यालयहरु र पोषण तथा स्वास्थ्य शाखाबाट तथ्यांक र प्रतिबेदन तयार गरी पेश गर्ने कुरामा सबैको सहमति र प्रतिबद्ता रहेकोछ l बैठकको समापनको क्रममा बोल्दै ताप्ली-५ का वडाध्यक्ष यबम पोषण तथा खाद्य सुरक्षा सहजीकरण समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले सबै पक्ष बाट आ आफ्नो जिम्मेबारी र कार्य विवरणहरु समय भित्रमा पुरा गरि पालिका र जिल्लाकै पहिलो पोषणमैत्री वडा घोषणा गर्ने शुभ कार्यमा साथ सहयोग गर्नुहुन अनुरोध गर्नुभएकोछ l यसैगरी नेपाल सरकारले लिएको लक्ष र उद्देश्य अनुसार सन् २०३० अर्थात बिक्रम संबत २०८७ भित्रमा सबै स्थानीय तह हरुलाई बालमैत्री र पोषण मैत्री घोषण गरिसक्नु पर्ने भएकोले ताप्ली गाउपालिका अब चाडै नै बालमैत्री स्थानीय तह घोषणा हुने अन्तिम चरणमा रहेको र पोषण मैत्री स्थानीय शाशन घोषण अभियान लाइ पनि संगै लानुपर्ने आयोजक तथा सहयोगी सस्थाहरुको धरान रहेकोछ l

Last updated:2026 Nov 03 Tuesday 06:55:49

प्रतिक्रिया
सम्बन्धित समाचार