Upahar News शुक्रबार, कार्तिक २१ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरे कवि आरोहीलाई अन्तराष्ट्रिय कविता अवार्ड !🏆

  • उपहार न्यूज
  • आइतबार, कार्तिक १६ २०८३
उदयपुरे कवि आरोहीलाई अन्तराष्ट्रिय कविता अवार्ड !🏆

अन्तराष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको विश्वब्यापी कविता प्रतियोगितामा उदयपुरका कवि जीवन आरोही प्रथम भएका छन् । बिजेता बनेसगै उनले ५०० डलर अर्थात नेपाली रूपैया झन्डै एक लाख बराबर को पुरस्कार राशी जितेका छन् ।
हिजो साँझ आयोजित विश्वब्यापी कविता प्रतियोगितामा विश्वभरका नेपाली भाषी २७४ कविताहरू मध्येबाट वाचनका लागि उत्कृष्ट ३१ जना छानिएका थिए । ती मध्येबाट वाचन सहितको अङ्क जोडेर बिजेता घोषणा गरिएको थियो । त्यस्तै गरि ईन्दु भट्टराई(झापा) द्वितिय र हिरा भट्ट(बैतडी) , ईश्वरी प्रसाद रिजाल(बाँके), प्रताप चौलागाई(काभ्रेपलान्चोक) तीन जना तृतिय भएका छन् । उनीहरूले क्रमश द्वितियले ३०० र तृतियले जनही २००डलर प्राप्त गरेका छन् । अमेरिकाको टेक्सासमा जुम एपबाट कविता वाचनको कार्यक्रम राखिएको थियो ।

Last updated:2026 Nov 01 Sunday 05:33:32

प्रतिक्रिया
सम्बन्धित समाचार