Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

अमेरिकाको टेक्सास चर्चमा गोली चल्यो, २ को मृत्यु

  • उपहार न्यूज
  • सोमबार, पुष १४ २०७६
अमेरिकाको टेक्सास चर्चमा गोली चल्यो, २ को मृत्यु

एजेन्सी
टेक्सास, पुस १४ ।
अमेरिकाको टेक्सास राज्यमा रहेको एक चर्चमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ ।

ह्वाइट सेटलमेन्टको चर्च अफ क्रिस्टमा आइतबार बिहान प्रार्थना भइरहेका बेला एक बन्धुकधारीले गोली चलाएका थिए। दुई जनालाई उनले चलाएको गोली लागेपछि चर्चका अधिकारीहरूले उनैलाई गोली हानेका थिए।

गोली लागेका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। तीमध्ये आक्रमणकारी र उनले गोली हानेका एक जनाको बाटैमा मृत्यु भयो भने एक घाइतेको उपचार भइरहेको छ।

टेक्सासका गभर्नर ग्रेग अबोटले विज्ञप्ति जारी गरेर प्रार्थना गर्ने स्थान पवित्र हुने माध्यम भएको उल्लेख गर्दै तत्काल आक्रमणकारीलाई रोकेर अरू क्षति हुन जोगाएकोमा चर्चका अधिकारीहरूलाई धन्यवाद दिएका छन्।

प्रार्थनाको युट्युबमा लाइभ गरिएकाले सुटिङको भिडिओ पनि कैद भएको छ।

Last updated:2019 Dec 30 Monday 04:47:49

प्रतिक्रिया
सम्बन्धित समाचार