उपहार न्यूज
कटारी असार ११
कटारी, उदयपुर । कटारी नगरपालिकाद्वारा सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत वडा नं। ८ मा आयोजित स्वास्थ्य शिविरबाट १११ जना सेवाग्राही लाभान्वित भएका छन्।
नगरपालिकाका अनुसार शिविरमा ५१ जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छन्। यस्तै, २३ जना सेवाग्राहीले प्रयोगशाला ९ल्याब० सम्बन्धी सेवा प्राप्त गरेका छन्। अन्य सेवाग्राहीहरूले स्वास्थ्य परामर्श, सामान्य स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार सेवा लिएका थिए।
स्थानीय नागरिकलाई आफ्नै समुदायमा गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमप्रति सेवाग्राहीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।
कटारी नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहप्रतिको आफ्नो प्रतिबद्धता आगामी दिनमा पनि कायम रहने उल्लेख गरेको छ। कार्यक्रममा नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन थापा, वडा अध्यक्ष नविन तामाङ लगायतको उपस्तिथी रहेको थियो ।