उपहार न्यूज
गाईघाट असार ५
त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति उदयपुरको आयोजनामा शुक्रबारबाट उदयपुर सदरमुकाम गाईघाट स्थित थरुहट रंगशालामा प्रथम त्रियुगा मेयर कप अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता–२०८३ सुरु भएको छ ।
त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा असार ५ गतेदेखि ७ गतेसम्म प्रतियोगिता आयोजना हुने प्रतियोगीताको एक कार्यक्रमका विच त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेतले उद्घाटन गर्नु भएको छ । प्रतियोगितामा उदयपुर, खोटाङ र भोजपुर जिल्लाका विभिन्न स्थानीय तहहरूको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष किरण कार्कीले जानकारी दिनु भयो ।
प्रतियोगिताअन्तर्गत उद्घाटन खेल त्रियुगा नगरपालिका र लिम्चुङबुङ गाउँपालिका विच भएको छ । प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ, लिंम्चुङबुुङ गाउँपालिका उदयपुर, आमचोक गाउँपालिका भोजपुर, केपिलासगढी गाउँपालिका खोटाङ, ताप्ली गाउँपालिका उदयपुर, खोटेहाङ गाउँपालिका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, चौदण्डीगढी नगरपालिका उदयपुर र दमक नगरपालिका झापा प्रतियोगितामा सहभागिता सहभागीता जनाएको आयोजक समितिका सचिव चेतन पोखरेलले जानकारी दिनु भयो । प्रतियोगिताको फाइनल खेल असार ७ गते दिउँसो ३ बजे हुने जनाईएको छ । स्थानीय तहहरूबीच खेलकुदको माध्यमबाट आपसी सम्बन्ध सुदृढ गर्ने, युवाहरूमा खेलप्रति आकर्षण बढाउने तथा भलिबल खेलको विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । प्रतियोगीताको बिजयी समुहले ७० हजार र दोस्रो हुने समुहले ३५ हजार नगदर पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगीताको उद्घाटनमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार, खेलकर्मीहरुको उपस्थिती रहेको थियो । प्रतियोगीताको उद्घाटन गर्नु हुदै त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले त्रियुगा नगरपालिकाले युवाहरुको वृद्धि विकासको लागि विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै पूर्वाधार विकासमा समेत टेवा पु¥याउदै आएको बताउनु भयो. । नगर प्रमु्ख बस्नेतले थरुहट रंगशालाको निर्माण कार्यलाई पूर्णता दिने तथा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने लगायतका पूर्वाधार विकासका कार्यहरु नगरपालिकाले गर्दै आएको बताउनु भयो । नगर प्रमुख बस्नेतले अब चाडै त्रियुगा गोल्डकप फुटबल प्रतियोगीता समेत आयोजना गर्न लागिएको समेत बताउनु भयो ।