उदयपुर, असार ५
स्वरोजगार लघुबित्त बित्तीय सस्था लि शाखा कार्यालय गाइघाट, उदयपुरले आफ्नी सदस्य स्व. अगहनिया थरुनी चौधरी प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै बिमा दाबी बापतको रकम रु १ लाख ९७ हजार ५ सय रुपैया हस्तान्तरण गरेको छ त्रियुगा न पा वडा नं ३, उदयपुर निबासी चौधरी को अकालमा निधन भएपछि सस्थाले बिमा सुबिधा अन्तर्गत उक्त रकम उहाको श्रीमान पशुपती चौधरी लाई हस्तान्तरण गरेको हो ्र शाखा कार्यालय गाईघाट द्वारा आयोजित कार्यक्रममा संस्थाको तर्फबाट अनुगमन अधिकृत पुरुषोत्तम कोइराला, गाईघाट शाखा प्रबन्धक राजकुमार कट्टेल, कर्मचारी हरु रेखा बास्तोला, कविता राउत र निशान्त भट्टराईको उपस्थित भएको थियो ।
कार्यक्रममा अनुगमन अधिकृत पुरुषोत्तम कोइराला ले संस्थाले बचत तथा ऋण कारोबारसँगै विप्रेषण सेवा, व्यवसायमूलक तालिम तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । यस्ता सेवामार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा उपस्थित अबिभाबक हरुले संस्थाले सदस्यहरूलाई उपलब्ध गराउँदै आएका बिमा लगायतका सेवा सुविधाले सदस्य परिवारलाई कठिन परिस्थितिमा ठूलो राहत पुगेको उल्लेख गर्दै संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
शाखा प्रबन्धक राजकुमार कट्टेल का अनुसार स्वरोजगार लघुवित्तले सदस्यहरूको हितलाई केन्द्रमा राखी विभिन्न सामाजिक तथा आर्थिक सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।