Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

नेशनल लघुवित्तद्वारा ३ लाख ९० हजार रुपैयाँ बिमा दाबी रकम हस्तान्तर

  • उपहार न्यूज
  • मंगलबार, जेष्ठ २६ २०८३
नेशनल लघुवित्तद्वारा ३ लाख ९० हजार रुपैयाँ बिमा दाबी रकम हस्तान्तर

उदयपुर, जेठ  २५ – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय देउरी, उदयपुरले आफ्नी सदस्य स्वर्गीय लक्ष्मीदेवी चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिमा दाबी बापतको ३ लाख ९० हजार रुपैयाँ हस्तान्तरण गरेको छ।
त्रियुगा नगरपालिका–२ मोतियाही निवासी स्वर्गीय चौधरीको अकाल निधन भएपछि संस्थाले बिमा सुविधाअन्तर्गत उक्त रकम उहाँका श्रीमान् उमाकान्त चौधरीलाई हस्तान्तरण गरेको हो।
शाखा कार्यालय देउरीद्वारा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिका–२ का वडा अध्यक्ष घमानसिंह खत्री, संस्थाका धरान अनुगमन कार्यालयका अनुगमन अधिकृत विष्णुकुमार विश्वकर्मा, शाखा प्रबन्धक हरिराम चौधरी, संस्थाका कर्मचारी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अनुगमन अधिकृत विष्णुकुमार विश्वकर्माले संस्थाले बचत तथा ऋण कारोबारसँगै विप्रेषण सेवा, व्यवसायमूलक तालिम तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। यस्ता सेवामार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ थियो।
त्यसैगरी वडा अध्यक्ष घमानसिंह खत्रीले संस्थाले सदस्यहरूलाई उपलब्ध गराउँदै आएका बिमा लगायतका सेवा सुविधाले सदस्य परिवारलाई कठिन परिस्थितिमा ठूलो राहत पुगेको उल्लेख गर्दै संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
नेशनल लघुवित्तले सदस्यहरूको हितलाई केन्द्रमा राखी विभिन्न सामाजिक तथा आर्थिक सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Last updated:2026 Jun 09 Tuesday 12:24:14

प्रतिक्रिया
सम्बन्धित समाचार