Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रिनपा १३ मा वडाध्यक्षको निर्देशनमा कल्र्भट भत्काईयो उपभोक्ता समितिमा जेठानी देउरानी, वडा सदस्य र स्थानिय विरोधमा

  • उपहार न्यूज
  • आइतबार, मंसिर २२ २०७६
त्रिनपा १३ मा वडाध्यक्षको निर्देशनमा कल्र्भट भत्काईयो उपभोक्ता समितिमा जेठानी देउरानी, वडा सदस्य र स्थानिय विरोधमा

उपहार न्यूज
उदयपुर मंसीर २२
त्रियुगा नगरपालिका वडा नम्बर १३ मा आर्थिक बर्ष २०७६/०७७ को लागि कल्र्भट निर्माणको लागि विनियोजित बजेटको उपभोक्ता समिति गठनमा वडाध्यक्षकै जेठानी र देउरानी राखेर गरेको रहस्य खुलेको छ । कल्र्भट निर्माण शिर्षकमा छुट्याईएको बजेटको उपभोक्ता समिति गठन गर्दा वडा सदस्यहरु र स्थानियलाई समेत थाहानै नदिई वडाध्यक्षले पशुपती चौधरीले एक्लौटी ढंगले समिति गठनको प्रति विरोध भएको हो । वडाध्यक्ष पशुपती चौधरीको जेठानी तारादेवी चौधरी अध्यक्ष, देउरानी सरिता चौधरी सचिव र जेठानी ज्ञानवती चौधरीलाई कोषाध्यक्ष बनाएर समिति बनेको रहस्य खुलेको हो ।
मंसीर १३ गते उपभोक्ता समिति गठन भएको रहस्य सार्वजनिक भए पछि त्रियुगा नगरपालिका वडा नम्बर १३ का वडा सदस्यहरु शिव रेग्मी, मान बहादुर मगर र स्थानियहरु दिर्घलाल चौधरी, दुर्गानन्द चौधरी र हेमनारायण चौधरीले त्रियुगया नगरपालिकामा बुधबार उजुरी दिएका थिए ।
यता गठित समितिले वडाध्यक्षको ठाडो निर्देशनमा वडाध्यक्ष पशुपती चौधरीको घर अगाडिको कल्र्भट शुक्रबार भत्काएका छन् । शुक्रबार विहान वडाध्यक्षले गठन गरेको उपभोक्ता समितिले कल्र्भट भतकाउन थाले पछि स्थानियले प्रहरी बोलाएर रोको थिए ।
एक बर्ष अघि सघन शहरी विकास तथा भवन डिभिजन आयोजनाले निर्माण गरेको कल्र्भट भत्काईएको हो, वडाध्यक्ष घर अगाडि रहेको कल्र्भट भत्काए पछि स्थानियले विरोध गरेका छन् । उनीहरुले कल्र्भट के कारण भत्काएको सो बारेमा स्थानिय संग कुनै छलफल नभएको बताए ।
निर्माण गर्न बनेको उपभोक्ता समितिले किन कल्र्भट भत्काएको हो, भौतिक पूर्वाधारको संरक्षण गर्नु वडा र वडाध्यक्षको हो तर उहाँलेनै गठन गरेको समितिले किन कल्र्भट भत्काएको हो थाहा नभएको वडा सदस्य शिव रेग्मीले बताए । लक्ष्मीपुर मावि पश्चिममा निर्माण गरिने भनिएको कल्र्भट निर्माण समिति गठनको बारेमा पनि आफुहरुलाई थाहा नभएको र वडाध्यक्षले एक्लौटी ढंगले मनोमानी गरेको रेग्मीले बताए ।
यता शहरी विकास तथा भवन डिभिजन आयोजनाका ईन्जिनियर ब्रम्हदेव चौधरीले कल्र्भट किन भत्काईयो र सो बिषयमा कार्यालय संग कुनै जानकारी नभएको बताए । जे भयो गलत भयो यो कुरा हामीले वडाध्यक्षलाई पनि भनेका छौ चौधरीले भने ।
वडाध्यक्षकै घर अगाडि निर्माण भएको कल्र्भट भत्काए पछि सो बिषयमा जानकारी लिदा वडाध्यक्ष चौधरीले भने अलिक फरक किसिमको जवाफ दिईन् । उनले कल्र्भटमा साझ परे पछि दुव्र्यसनीमा लागेका युवाहरु आएर बस्ने भएकाले भत्काएको बताईन् । दुव्र्यसनमा लागेका युवाहरु कल्र्भटमा आएर बस्ने गरेकाले आफुहरुलाई त्यसबाट डिसटर्ब भएकोले भत्काईएको तर त्यसमा आफ्नो संलग्नता नरहेको उनी बताउछिन् । सघन शहरी विकास तथा भवन डिभिजन आयोजनाले गत बर्ष १० लाख रुपैया खर्च गरेर बनाएर कल्र्भट भत्काउन वडाध्यक्षको निर्देशन रहेको स्थानिय शिवनारायण चौधरीले आरोप लगाए । वडाध्यक्षको घर अगाडिको कल्र्भट भत्काएर त्यहि ठाउँमा पाँच लाखको कल्र्भट बनाउन लागिएको हुन सक्ने उनले बताए । हामीले कल्र्भट निर्माण भएकै क्षेत्रमा अन्य कल्र्भट आवश्यक नरहेकोले सो रकम वडाकै अन्य क्षेत्रको विकासमा रकमान्तर गर्नका लागि नगरपालिकामा निवेदन दिएका छौ उनले भने ।
समितिका अध्यक्षद्धारा स्थानिय माथि हातपात
स्थानिय र कुनै पनि निकाय संगको सहमती नभई वडाध्यक्षले एक्लौटी ढंगले गठन गरेको समितिले कल्र्भट भत्काएको बिषयमा समाचार संकलन गर्नका लागि त्रियुगा एक्सप्रेस दैनिकका पत्रकारलाई जानकारी दिन सो स्थानमा पुगको स्थानिय शिवनारायण चौधरीमाथि हातपात भएको छ ।
आईतबार त्रियुगा नगरपालिका वडा नम्बर १३ स्थित सो स्थानमा त्रियुगा एक्सप्रेस दैनिकका पत्रकारलाई कल्र्भट भत्काईएको प्रति जानकारी दिन पुगेका चौधरी माथि वडाले गठन गरेको कल्र्भट निर्माण उपभोक्ता समितिका अध्यक्ष तारादेवी लेखी चौधरीले उपभोक्ता समिति बिरुद्ध नगरपालिकामा निवेदन दिएको भन्दै हातपात गरेकी हुन् ।

Last updated:2019 Dec 08 Sunday 15:39:17

प्रतिक्रिया
सम्बन्धित समाचार