उपहार न्यूज
उदयपुर भाद्र ६
जिल्ला प्रहरी कार्यालय उदयपुरको नयाँ प्रमुखको रुपमा राजन चापागाई आउनु भएको छ । यस अघि उदयपुरमानै प्रहरी नायव उपरिक्षकको रुपमा सेवा गर्नु भएका चापागाई प्रहरी उपरिक्षकको पदोन्नती सहित उदयपुरमा प्रहरी प्रमुखको रुपमा आउनु भएको हो ।
शुक्रबार जिल्लाका पत्रकारहरु संगको परिचयात्मक कार्यक्रममा चापागाईले जिल्ला प्रहरी कार्यालयका उदयपुरको नेतृत्वमा रहदा प्रोएक्टीभ पुलिसिङको कार्यक्रमलाई संचालन गर्ने, सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाज, विद्यालय, स्थानिय संघ संस्था र स्थानिय सरकार संग समन्वय गरेर समाजमा शान्ति सुरक्षाको कार्यक्रमलाई प्रभावकारी ढंगबाट संचालन गरिने उहाँले बताउनु भयो ।