Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

राजनीतिक नेतृत्व भ्रष्टाचारमा मुछिनु दुःखद : कोशी सभामुख बिष्ट

  • उपहार न्यूज
  • शनिबार, असार २१ २०८२
राजनीतिक नेतृत्व भ्रष्टाचारमा मुछिनु दुःखद : कोशी सभामुख बिष्ट

गाईघाट, असार २१ । पछिल्लो समय बिभिन्न भ्रष्टाचार तथा अनियमितताका घटनामा देशकै ठूला दलहरुको नेतृत्व जोडिन थालेको घटनाप्रति कोशी प्रदेशका सभामुख अमबहादुर विष्टले चिन्ता व्यक्त गरेका छन् । साना ठूला अनियमितता र भ्रष्टाचारका घटनामा कुनै न कुनै रुपमा राजनीतिक नेतृृत्व मुछिन थालेको भन्दै सभामुख विष्टले यो देश विकासका लागि घातक हुने बताएका हुन् ।

जिल्ला उधोग बाणिज्य संघ उदयपुरको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिबेशनको उद्घाटन गर्न शनिबार गाईघाट पुगेका सभामुख विष्टले नैतिकवान राजनीतिज्ञको अभाव औल्याएका थिए । आयात र निर्यातमा भिन्नताले देशभित्रको उत्पादन निरुत्साहित हुने खतरा बढेको विष्टले बताए । स्थानीय उत्पादन बाहिर निर्यात गर्न नसकीरहेकोे अबस्थामा आयात मात्र एकोहोरो उच्च बिन्दुमा देखिनु मुलुकका लागि अर्थतन्त्र धरासयी हुनु जस्तै भएको प्रस्ट पारेका थिए ।

आर्थिक अबस्था दयनीय बन्दै गएको बताउदै उनले भूकम्पपछी कोरोनाको कारण खस्किएको ब्यापारव्यवसाय र अर्थतन्त्रमा गम्भीर असर पुग्ने गरी केही बैंक तथा बित्तिय संस्थाहरुले सर्वसाधरण जनताको ढाँड सेक्ने गरी चर्को व्याजदरले झनै आर्थिक पाटो तहसनहस बनाएको उनको आरोप छ । ब्रम्हकुमारी राजयोग केन्द्र उदयपुरको सभाहलमा आयोजित अधिवेशनपछिको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार