Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बेलकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

  • उपहार न्यूज
  • मंगलबार, असार १० २०८२
बेलकाको बजेट  ७७ करोड २६ लाख ४१ हजार

उदयपुरको बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार बजेट पारित गरेको छ । सोमवार नगरको १६ औँ नगरसभा बाट उक्त बजेट पारित गरेको हो । “सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार, बेलका नगर विकासको प्रमुख आधार” भन्ने मूल नाराका साथ संञ्चालन भएको नगरसभाले बजेट ल्याएको हो ।

नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न नगरसभामा उप(प्रमुख जिरा राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य लगायत नगरका ९ वटा वडाबाट वडा अध्यक्ष, सदस्य, तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरिएको हो ।

कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका नागरिकहरूको समेत सक्रिय सहभागिता रहेको थियो। नगर प्रमुख कार्कीले आगामी बजेट जनताको आवश्यकता र स्थानीय स्तरको विकासलाई केन्द्रमा राखी पारित गरिएको बताउनुभयो ।

Last updated:2025 Jun 24 Tuesday 17:40:55

प्रतिक्रिया
सम्बन्धित समाचार