Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मुकुर्चीमा जीवन विकासको वित्तिय साक्षरता र पुरस्कार वितरण सम्पन्न

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ ९ २०८२
मुकुर्चीमा जीवन विकासको वित्तिय साक्षरता र पुरस्कार वितरण सम्पन्न

उपहार न्यूज
उदयपुर जेठ ८
जीवन विकास लघु वित्तिय संस्था शाखा कार्यालय मुकुर्चीको आयोजनामा केन्द्र प्रमुख गोष्ठि, वित्तिय साक्षरता तथा पुरस्कार वितरण कार्यक्रम विहिबार मुकुर्चीमा सम्पन्न भएको छ । जीवन विकास वित्तिय संस्था मुकुर्ची अन्तर्गतका ८७ केन्द्र प्रमुख तथा उपप्रमुखहरु उक्त गोष्ठीमा सहभागीता रहेको थियो । कार्यक्रममा रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र आलेमगर, उपाध्यक्ष भुपेन्द्र थापा, वडा नम्बर ७ का अध्यक्ष मनोज राना मगर, ८ का वडा अध्यक्ष घमानसिंह थापा, जीवन विकास लघुवित्तका कार्यकारी अधिकृत दामोदर रेग्मी लगायतको उपस्तिथी रहेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई वित्तिय साक्षरता सम्बन्धि प्रशिक्षण दिईएको थियो । कार्यक्रममा जीवन विकासमा आबद्ध रहेका विभिन्न केन्द्रका उद्यमी, ऋणी, बचतकर्ताहरुलाई पुरस्कृत समेत गरिएको जीवन विकास मुकुर्ची शाखाका शाखा प्रमुख प्रेम थापाले जानकारी दिनु भयो ।
कार्यक्रममा उत्कृष्ट उद्यमीको रुपमा केन्द्र नम्बर ३१ का विपना दनुवार, केन्द्र नम्बर ३४ का पवित्रा कुमारी पहाडी केन्द्र नम्बर ६५ का निर्मला कुमारी तामाङलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी उत्कृष्ट ऋणी तर्फ केन्द्र नम्बर ५८ का गीता खड्का, केन्द्र नम्बर २१ का नेत्रकुमारी श्रेष्ठ र केन्द्र नम्बर २० का मन्जीला खड्गीलाई पुरस्कृत गरिएको थियो ।
उत्कृष्ट बचतकर्ता तर्फ केन्द्र नम्बर २१ का सन्ध्या श्रेष्ठ, केन्द्र नम्बर ३० का टेक कुमारी थापा र केन्द्र नम्बर ५१ का हेमकुमारी रखाल मगरलाई पुरस्कृत गरिएको थियो ।
यता उत्कृष्ट एटिएम पुरस्कारबाट केन्द्र नम्बर २२ का जानुका मगर पुरस्कृत भएको शाखा प्रमुख थापाले जानकारी दिनु भयो । वित्तिय साक्षरता कार्यक्रममा जीवन विकासका कार्यकारी अधिकृत दामोदर रेग्मी जीवन विकासका कर्मचारीहरु विश्वास श्रेष्ठ, रमेश राम लगायतले प्रशिक्षण गर्नु भएको थियो । जीवन विकास लघु वित्त वित्तिय संस्था ३१ जिल्लामा १६० शाखा रहेर संचालन भैरहेको छ । उदयपुरमा सदरमुकाम गाईघाट, कटारी, रामपुर, हडिया, मुकुर्ची र ताप्ली गाउँपालिकाको कुमालटारमा शाखा संचालनमा रहेको छ ।

Last updated:2025 May 22 Thursday 11:42:12

प्रतिक्रिया
सम्बन्धित समाचार