Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा महुँलीद्धारा मृतक सदस्यको परिवारलाई ४ लाख बढी रकम हस्तान्तरण

  • उपहार न्यूज
  • सोमबार, बैशाख १५ २०८२
उदयपुरमा महुँलीद्धारा मृतक सदस्यको परिवारलाई ४ लाख बढी रकम हस्तान्तरण

उदयपुर, वैशाख १५ ।
उदयपुरमा महुँली लघुबित्त बित्तीय संस्था लिमिटेड गाईघाट शाखाद्धारा मृतक सदस्यको परिवारलाई चारलाख बढी रकम उपलब्ध गराएको छ । कर्जा बापत बीमा दावी स्वरुप सदस्य लक्ष्मीवती चौधरीको परिवारलाई चार लाख २५ हजार प्रदान गरिएको हो ।

महुँली गाईघाट शाखा प्रमुख हेमराज दाहाल, कर्मचारी राजकुमार चौधरी र किरण केसी सोही समूहमा आबद्ध प्रतिनिधिहरुको उपस्थितीमा चेक हस्तान्तरण गरिएको थियो । कर्जाबापतको चार लाख र काजकिरिया खर्च २५ हजारसहितको चेक मृतक सदस्य लक्ष्मीवतीकी श्रीमान अशोक चौधरीलाई घरमै पुगेर बुझाइएको हो ।

मृतक सदस्यले कर्जाबापत भुक्तान गरेको किस्तासमेत फिर्ता दिइने शाखा प्रमुख दाहालको भनाई छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ३ बगाहास्थित अन्जुली महिला विकास केन्द्रमा १६ वर्षअघि मृतक लक्ष्मीवति संलग्न भएकी थिइन् ।

नागरिकसँग बित्तीय व्यवस्थापनका लागि आजभन्दा १६ वर्षअघि स्थापना भएको संस्था महुँलीमा हाल सप्तरी, उदयपुर र खोटाङलगायत देशको बिभिन्न ६४ शाखाबाट सक्रिय कारोवार हुँदै आएको छ । जसमा ८० हजार सदस्य प्रत्यक्ष लाभाम्वित हुँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार