Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

माओवादी केन्द्र रौतामाईको नेतृत्वमा खिलराज

  • उपहार न्यूज
  • शनिबार, बैशाख १३ २०८२
माओवादी केन्द्र रौतामाईको नेतृत्वमा खिलराज

टेकराज रिखाम मगर-
उदयपुर, वैशाख १३ ।
नेकपा माओवादी केन्द्रको रौतामाई गाउँपालिका उदयपुरको नेतृत्वमा खिलराज राई चयन भएका छन् । रौतामाई गाउँपालिकाको चिसापानीमा सम्पन्न अविधेशनले राईको अध्यक्षतामा ४१ सदस्यीय नयाँ पालिकास्तरीय समिति चयन भएको हो ।

माओवादीका कोशी प्रदेश सचिवालय सदस्य एवीराज राईका अनुसार समितिको तीन जना उपाध्यक्ष क्रमश भरतमणी दाहाल, कमला रोका र रामकुमार लायो रहेका छन् । सचिव उद्धवकुमार राउत, सहसचिव रुद्र रिखाम मगर र कोषाध्यक्ष गंगाबहादुर रानामगर रहेका छन् ।

माओवादी केन्द्र रौतामाईको तेस्रो अधिवेशन २०८१ साल चैत २ गते मुर्कुची बजारस्थित स्थानीय सिटिहलमा उद्घाटन भएको थियो । पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङको उपस्थितीमा सुरु अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अधिवेशन लम्बिएको थियो । अधिवेशन सुरु भएको एक महिना बढी समयपछि शुक्रबार नेतृत्वको टुंगो लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार