Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कक्षा ८ को परीक्षामा बनिन् बेलका टप्पर आयुषा श्रेष्ठ

  • उपहार न्यूज
  • बुधबार, चैत्र २६ २०८१
कक्षा ८ को परीक्षामा बनिन् बेलका टप्पर  आयुषा श्रेष्ठ

 

उपहार न्यूज
चैत २८,

उदयपुरको बेलका नगरपालिका स्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा बेलका ९ रामपुरस्थित रामपुर पब्लिक एकेडेमीकी विद्यार्थी आयुषा श्रेष्ठले ३.८६ जीपीए प्राप्त गरी नगरपालिकामै उत्कृष्ट नतिजा हासिल गरेकी छिन् ।

बेलका नगरपालिकाका शिक्षा शाखा प्रमुख सुनिल निरौलाले यस परीक्षामा ३.८६ जीपीए नै सबैभन्दा उच्च अंक रहेको पुष्टि गरेका छन् । साथै उनले पूर्ण नतिजाको विश्लेषण हुन अझै २(३ दिन लाग्न सक्ने बताएका छन् ।

यस वर्षको आधारभूत तह (बीएलई) परीक्षामा बेलका नगरपालिकाबाट ८९३ जना विद्यार्थीहरु सहभागी भएकोमा ७२४ जना विद्यार्थीले २ जीपीए भन्दा माथिको ग्रेड र १६९ जना विद्यार्थीले २ जीपीए भन्दा कमको नन(ग्रेडेड अंक प्राप्त गरेका छन् । प्राप्त नतिजा अनुसार ५४ जनाले ए प्लस, १७३ जनाले ए, २५८ जनाले बी प्लस, २१० जनाले बी र ३४ जनाले सी प्लस ग्रेड हासिल गरेका छन् ।

निरौलाका अनुसार विद्यार्थीहरुले सबैभन्दा बढी गणित विषयमा नन–ग्रेडेड अंक प्राप्त गरेका छन् । यस वर्षको समग्र नतिजा अघिल्लो वर्षको तुलनामा सुधारात्मक देखिएको छ ।

रामपुर पब्लिक एकेडेमीका प्रधानाध्यापक ललित राईले गत वर्ष पनि आफ्नो विद्यालयका विद्यार्थीले बेलका नगरपालिकामा सर्वोत्कृष्ट नतिजा हासिल गरेको जानकारी दिँदै यसपालि पनि आफ्नो विद्यालयले उत्कृष्ट नतिजा हासिल गरी बेलकाकै उत्कृष्ट संस्थागत विद्यालयको रुपमा छवि निर्माण गरेको बताए । सामुदायिक विद्यालयतर्फ बेलका ५ स्थित प्रभाकारी माविका विद्यार्थीले ३।८३ जीपीए प्राप्त गरी उत्कृष्ट नतिजा ल्याएका छन् ।

Last updated:2025 Apr 09 Wednesday 23:59:37

प्रतिक्रिया
सम्बन्धित समाचार