Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको सातधारेमा कार दुर्घटना, चार घाइते

  • उपहार न्यूज
  • बुधबार, चैत्र २६ २०८१
उदयपुरको सातधारेमा कार दुर्घटना, चार घाइते

 

उपहार न्यूज
चैत २८,
उदयपुरमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर( ६ सातधारे स्थित मदन भण्डारी राजमार्गमा कार दुर्घटना हुँदा सवार उनीहरु घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार बुधबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिएबी ५४९२ नम्बरको कार दुर्घटना हुँदा चारजना घाइते भएका हुन् ।
डिएसपी दोङले उक्त दुर्घटनामा परी कारचालक मोरङ केराबारी गाउँपालिका( ८ का ४७ वर्षका विनोद भट्टराई, उनका छोरा ११ वर्षका सम्पन भट्टराई, चालककी श्रीमती ४२ वर्षकी रीता भट्टराई र कारमा सवार ललितपुर उपमहानगरपालिका( ४ जावलाखेलका ४८ वर्षका त्रिपुरा सत्याल घाइते भएका जानकारी दिए ।
घाइतेहरूको अवस्था सामान्य रहेको र चौडण्डीगढी नगर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त कार इलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा राखी अनुसन्धान भइरहेको डिएसपी दोङले जानकारी दिए । पछिल्लो समय उदयपुरमा हरेक दिनजसो सवारी दुर्घटना हुनेक्रम बढेको छ । जिल्लाको कटारीदेखि नेपालटार, गाईघाट हुँदै गाईघाट र बेल्टारबीचको सडकमा दुर्घटना हुने क्रम नरोकिएको हो ।

Last updated:2025 Apr 09 Wednesday 23:54:36

प्रतिक्रिया
सम्बन्धित समाचार