Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरका दिवस श्रेष्ठ सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्दै

  • उपहार न्यूज
  • बुधबार, चैत्र १२ २०८१
उदयपुरका दिवस श्रेष्ठ सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्दै

विजय राई-
उदयपुर, चैत्र १३ ।

गाईघाट फुटबल क्लव (जीएफसी) उदयपुरका फरवार्ड दिवस श्रेष्ठ काठमाडौंस्थित सात दोबाटोमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा खेल्ने अवसर पाएका छन् । जिल्लाको त्रियुगा नगरपालिका ११ सकेला टोलका दिवस गाईघाट फुटबल क्लबबाट व्यवसायिक फुटबल खेलमा प्रवेश गरेका हुन् ।

उनी हाल प्लानिङ व्बाइच युनाईटेड क्लबबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्ने अवसर पाएका हुन् । यसअघि जिल्लाको घरेलु क्लवहरु गाईघाट फुटबल क्लव, फ्युजन, बसाह, बेल्टार, राम्पुर, ११ स्टार, नयाँबस्ती फुटबल क्लवलगायत दर्जनौ क्लवहरुबाट उत्कृष्ट खेल कौशल प्रदर्शन गरिसकेका छन् । विद्यार्थी जीवनदेखि नै खेलकुद क्षेत्रमा अव्वल उनी हाल फुटबल खेल क्षेत्रबाटै आफ्नो पहिचान स्थापित गर्दै व्यवसायिक खेलाडीको रुपमा आफूलाई चिनाउने अभ्यासमा राजधानीतिर संघर्षरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार