Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गाईघाटमा दाजुभाई समूहद्धारा आज तिहार सांस्कृतिक साँझ

  • उपहार न्यूज
  • बुधबार, कार्तिक १४ २०८१
गाईघाटमा दाजुभाई समूहद्धारा आज तिहार सांस्कृतिक साँझ

उदयपुर, कात्तिक १४ ।
वैदेशिक रोजगारीको सिलसिलामा कतार रहेका नेपालीहरुको संस्था दाजुभाई समूह दोहाको आयोजनामा उदयपुरमा तिहार विशेष सांगीतिक साँझ हुने भएको छ । कात्तिक १४ (आज) सदरमुकाम गाईघाटस्थित पिपल चोकमा बिभिन्न कार्यक्रमसहित सांगीतिक साँझ आयोजना हुने भएको हो ।
दाजुभाई समूहका लागि उदयपुरस्थित सम्पर्क व्यक्ति सरोज श्रेष्ठका अनुसार बिभिन्न ३५ जना अत्ति बिपन्न घरपरिवारलाई आर्थिक तथा सामग्री हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ । दिउँसो २ः०० बजेदेखि राती १० बजेसम्म संचालन रहने कार्यक्रममा चर्चित गायक एसकुमारलगायतका कलाकारहरुले प्रस्तुती दिने कार्यक्रम संयोजक सन्दीपकुमार भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार