उपहार न्यूज
उदयपुर भाद्र ९
त्रियुगा नगरपालिका वडा नम्बर १० मा संचालित बालमन्दिर माध्यमिक विद्यालय बोक्सेले विद्यालयमा अध्यानरत विपन्न असहाय बालबालिकाको सहयोगको लागि अक्षयकोष स्थापना गर्ने भएको छ । शनिवार विद्यालयका आयोजित अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रममा विद्यालयले विद्यालयमा असाहय बालबालिकाको लागि अक्षयकोष स्थापना गर्ने प्रस्ताव पारित गरेको हो ।
विद्यालयका प्रधानध्यापक जंग बहादुर खड्काले कार्यक्रमको बन्दशत्रको क्रममा विद्यालय सुधारका लागि राखेको विभिन्न प्रस्तावहरु पारित गर्दै विद्यालयमा अक्षयकोष स्थापना गरि संचालन गर्ने प्रस्ताव पेश गर्नु भएको थियो । कार्यक्रममा विद्यालयको आर्थिक बर्ष २०७७/०७८ देखि २०७९/०८० सम्मको लेखा परिक्षण प्रतिवेदन पास गर्ने, पत्येक कक्षामा कम्तीमा ४ महिना विद्यार्थीहरुको लागि कोचिङ कक्षा संचालन गर्ने, निकट भविष्यमा विद्यालयमा भेटनरी विज्ञान, ल्याण्ड सर्भेको प्रिडिप्लो/डिप्लोमा तहका कक्षहरु संचालन गर्ने, विद्यार्थी विद्यालय आएको र घर गएको विवरण थाहा पाउने मनिटरिङ डिभाईस जडान गर्ने, शैक्षिक सुधारका लागि विद्यालयको कार्ययोजना निर्माण गर्ने लगायका प्रस्ताव पारित गरिएको थियो ।
२०४४ सालमा प्रावि, २०६४ देखि निमावि र २०६७ देखि मावि र २०७३ साल देखि कक्षा ११ र २०७४ देखि कक्षा १२ को संचालन गरिरहेको विद्यालयमा हाल एक हजार ४ बालबालिका नियमित अध्यायन गरिरहेका छन् । विद्यालयमा हाल ३५ जना शिक्षक कर्मचारीहरु कार्यरत रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकास कुमार खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष किरण पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा त्रियुगा नगर शिक्षा शाखाका प्रतिनिधि सिर्जना शर्मा गुरागाई, वडा सदस्य शनिदेव मगर, तिलक अछामी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रअहरु नारायण दनुवार, सन्तोष थापा, पूर्व विद्यार्थी समाजका अध्यक्ष विश्वराज तामाङ, शिक्षक अभिभावक संघका प्रतिनिधि, पत्रकार, स्थानिय बुद्धिजिवि, अभिभावक, शिक्षक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।