Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उपमेयर गोल्डकपमा सप्तरी बिजयी

  • उपहार न्यूज
  • बिहिबार, असार १४ २०८१
उपमेयर गोल्डकपमा सप्तरी बिजयी

उपहार न्यूज
उदयपुर असार १३
उदयपुरको गाईघाटमा जारी दोस्रो उपमेयर गोल्डकप फुटवल प्रतियोगीताको तेस्रो दिनको खेलमा एनविवाईसि सप्तरीले धनकुटा जिल्ला फुटवल संघलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै बिजयी भएको छ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा सप्तरीको लागि सुस्मा राईले गरेको गोल निर्णायक बन्दा धनकुटा माथि सप्तरीले जित निकाल्न सफल भएको हो प्रतियोगीताको म्यान अफ द म्याच गोलकर्ता सुस्मा राई भएकी छिन ।
प्रतियोगीता अन्तर्गत असार १४ गते शुक्रबार अन्तिम नकआउट बागमती युवा क्लब सर्लाहि र रोयल स्पोर्टिङ क्लब झापा विच प्रतियोगीता हुने आयोजक उदयपुर जिल्ला फुटवल उदयपुरका सदस्य तथा प्रतियोगीताका म्याच कमिस्नार राजन राईले जानकारी दिनु भयो । प्रतियोगीताको फाइनल खेल असार १८ गते थरुहट रंगशाला गाईघाटमा हुने भएको छ । प्रतियोगीताको मुख्य प्रायोजक त्रियुगा नगरपालिका रहेको छ त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति गाईघाट संगको समन्वयमा आयोजना गर्न लागिएको प्रतियोगीतामा अखिल नेपाल फुटवल संघ एन्फाको समेत विशेष सहयोग रहेको आयोजकले जनाएको छ । प्रतियोगीताको बिजयीलाई नगद एक लाख दश हजार र दोस्रो पुरस्कार ५५ हजार रुपैया रहेको आयोजकले जनाएको छ ।

Last updated:2024 Jun 27 Thursday 16:00:17

प्रतिक्रिया
सम्बन्धित समाचार