Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

भोजपुरमा बहुबिवाह गर्ने एक बर्ष जेल चलान

  • उपहार न्यूज
  • शनिबार, भाद्र २१ २०७६
भोजपुरमा बहुबिवाह गर्ने एक बर्ष  जेल चलान

उपहार न्युज
भोजपुर/
घरमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्ने लाई एक वर्ष ६ महिना कैद र नगद १० हजार जरीवानाको फैसला गरेको छ ।
आमचोक गाउँपालिका वडा नम्बर ९ दुङमानाका ३१ वर्षीय जित बहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले उक्त सजाय सुनाएको हो ।

त्यस्तै जीत बहादुरसंग विवाह गरेर आएकी कान्छी श्रीमती बर्ष ३१ को रत्न माया श्रेष्ठलाई १ वर्ष कैद र नगद १० हजार जरीवानको फैसला गरेको छ, भने अदालतले पिडकहरुबाट पिडितलाई ५ हजार क्षतीपूर्ती भराउने फैसला गरेको छ ।

जिल्ला न्यायाधिस खिलनाथ रेग्मीको इजलासले उनीहरुलाई कैद, जरीवाना र क्षतीपूर्तीको फैसला गरेको हो ।
जीत बहादुरकी जेठी श्रीमती पूर्ण माया श्रेष्ठले श्रीमानले कान्छी श्रीमती ल्याएको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई प्रहरीले गत जेठ १९ गते पक्राउ गरेको थियो । उनीहरुलाई मुलुकी अपराध संहिता को दफा १ सय ७५ को उपदफा १ र २ बमोजीम बहुविवाहाको कसुर ठहरीएकोले कैद, जरीवाना र क्षेतीपूर्तीको फैसला गरेको हो ।

Last updated:2019 Sep 07 Saturday 14:24:50

प्रतिक्रिया
सम्बन्धित समाचार