Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बेल्टारका युवा दुर्घटना परी १० महिना देखि अर्धचेत, उपचारमा सहयोग पु¥याउन परिवारको अपिल

  • उपहार न्यूज
  • सोमबार, फाल्गुन १४ २०८०
बेल्टारका युवा दुर्घटना परी १० महिना देखि अर्धचेत, उपचारमा सहयोग पु¥याउन परिवारको अपिल

उपहार न्यूज
बेल्टार फागुन १४
बृद्ध बुवा, आमा, पराई घर गएकी चेलीको नियमित स्याहार सुसारमा यतिवेला जीवन र मृत्युको दोसाधमा पुगेका छन् उदयपुर बेल्टारका ३० बर्षिय युवा उदय सिंह । एक बर्ष अघि २०८० बैशाख १६ गते सिराहमा आईसिटि अध्यानरत उदय परिक्षा दिएर उदयपुर घर फर्कदै गर्दा अगाडि आएको पैदल यात्रु जोगाउने क्रममा सडक दुर्घटना परे त्यहि सडक दुर्घटनाले यतिवेला १० महिना देखि उदय अर्धचेत छन् ।
उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नम्बर ७ का स्थानिय रामप्रकास सिंह र रिता सिंहका कान्छा छोरा हुन्, उदय उनका एक दाई छन् जो बैदेशिक रोजगारीमा गएका छन्, बृद्धा बा आमाको साहारा उदय अर्धचेत अबस्थामा छन् । उनको यतिवेला स्यहार सुसारमा विवाह भएर सिराह गएकी दिदि गंगा सिंह माइतमै बसेर गरीरहेकी छिन् ।
बैशाख १६ को दुर्घटना पछि न्यूरो हस्पिटल विराटनगरमा ४ महिना सम्म उपचार चल्यो तर केहि सुधार आए पछि परिवारले उनलाई त्यहाँबाट डिसचार्ज गरेर ल्याएका थिए करिब ४० लाख हारहारीमा खर्च भै सक्दा पनि उदयको अबस्था यतिवेला दिनप्रतिदिन बग्रदो अबस्थामा छ । चौदण्डिगढि नगरपालिका वडा नम्बर ७ नगरपालिका भवन अगाडि उनको घर छ एैलानी जग्गामा घर जग्गा भएकाले उनको उपचारको लागि घर जग्गा धितो राखेर उचारको लागि खर्च जोहो गर्ने प्रयास परिवारले नगरेको हैन, यतिवेला भाग्यले ठगेको भनौ या दैबले सरापेको ऋणपान सम्म परिवारले पाएको छैन ।
दिनप्रतिदिन उदयको अबस्था झन झन नाजुक हुदै गएको छ, परिवार संग उपचार गर्ने आर्थिक अबस्था छैन दिदि गंगा सिंह रुदै भाईको उपचारको लागि सहयोगको याचना गर्नु हुन्छ ।
गाउँछिमेकमा भएको दर्दनाक पिडालाई स्थानियले पनि यतिवेला सहयोग संकलन गर्न सुरु गरेको छ तर त्यो पर्याप्त छैन स्थानियले आफुहरुले पनि सक्ने सहयोग संकलन गर्दैछन् र सबै संग हारगुहार गर्दैगरेको स्थानिय उर्मिला राई बताउनु हुन्छ । उनी संगै स्कुल पढेका साथीहरुले पनि आफ्नो साथीको त्यस्तो अबस्था देखे पछि सहयोग संकलन अभियान सुरु गरेको उनका सहपाठी किशोर खड्का बताउनु हुन्छ । उदयको उपचारको लागि भारतको नयाँ दिल्लीको ठूलै हस्पिटल लग्नु पर्ने भएको छ, सहयोगी मनका धनीहरु संग परिवारले सहयोगको सहयोगको बेग्र अपेक्षा राखेका छन् ।
उदय सिंहको उपचारको यदि सहयोग गर्च चाहानु हुने महानुभावले उनको बुवा रामप्रसाद सिंहलाई ९८६२८०९०७९ मा सम्पर्क गरेर सहयोग पु¥याउन सक्नु हुनेछ ।

Last updated:2024 Feb 26 Monday 17:02:02

प्रतिक्रिया
सम्बन्धित समाचार